• २३ भाद्र २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पद्मोदयकाे वार्षिकोत्सबकाे अबसरमा खेलकुद सप्ताह सुरु 




बिष्णु गोराथाेकी 

घोराही । पद्मोदयकाे वार्षिकोत्सबकाे अबसरमा खेलकुद सप्ताह सोमबारदेखि  सुरु भएको छ । पद्मोदय पब्लिक नमुना मा.बि भरतपुर दाङमा आज  ७७ औ बार्षिक उत्सब को अबसर पारेर खेलकुद सप्ताहको एक कार्यक्रममा बिद्यालयले रेफ्रिलाई सिट्ठी तथा बल हस्तान्तरण गरि  कार्यक्रमको‌ उद्धघाटन भएको थियाे ।

बिद्यार्थीलाई खेलप्रति आकर्षण गर्नका लागि शिसु देखि कक्षा १० सम्मका बिद्यार्थीहरुलाई कार्यक्रममा सहभागी गराईएकाे थियाे, जसमा ४ समुह सहभागी भएका थिए । उक्त कार्यक्रममा बिद्यार्थी, पत्रकार, समाजसेवी, शिक्षक लगाएत मा.बि संयोजक नारायण प्रसाद पाेखरेल, अतिरिक्त पाठ्यक्रम गतिविधिका संयोजक आराधना सिंह ठकुरी, बिद्यालय प्रशासक मिनेष श्रेष्ठ , शिक्षक शक्तिराम वलि र अमर डाँगी र खेलकुद रेफ्री शिब श्रेष्ठ को उपस्पस्थितिमा कार्यक्रम उद्घाटन भएको थियाे । बिद्यालयका कर्मचारी भेषराज पाण्डेयले ब्यबस्थापन गर्नु भएको उक्त खेल ५ दिन सम्म संचालन हुने खेल शिक्षक देबेन्द्र सिं ठकुरीले जानकारी दिनुभयो ।

कार्यक्रम बिद्यालयका सहायक प्र.अ दुर्गा पाण्डेय को अध्यक्षतामा भएको कार्यक्रमकाे सहजिकरण खेलकुद संयोजक देवन्द्र सिं ठकुरीले गर्नु भएको थियो ।।

Facebook Comments