• २३ भाद्र २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राष्ट्रिय बास्केटबल प्रतियोगिताका लागि दाङका चारजना खेलाडी छनोट




घोराही । अन्डर १५ राष्ट्रिय बास्केटबल प्रतियोगितामा दाङबाट ४ जना छनोट भएका छन् ।

घोराही-१५ रतनपुरमा रहेको गुरुकुल एकेडेमीमा अध्यययरत कक्षा १० का छात्र सद्गुण थापा , कक्षा ९ का छात्र सहज बुढा मगर,जनज्योति विद्यामन्दिर कक्षा १० का प्रतीक के.सी.र गोर्खा मा.वि. निश्चल बुढा  छनोटमा परेको गुरुकुल एकेडेमीका संस्कार प्रमुख तथा दाङ जिल्लाका बास्केटबल प्रशिक्षक भुगोल कवर मगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार दाङबाट राष्ट्रियस्तरको प्रतियोगितामा भाग लिन पोखरा जानेछन् । रुपन्देहीमा आयोजना भएको छनोट खेलबाट लुम्बिनी प्रदेशकै उत्कृष्ट खेलाडिको रुपमा सद्गुण थापा , सहज बुढा,प्रतीक के.सी.र निश्चल बुढा छनोट भएका हुन् ।

गुरुकुल एकेडेमीमा अध्ययन गर्ने बिद्यार्थीहरु अन्य हरेक खेल प्रतियोगिताहरुमा पनि सफलता हासिल गर्ने गरेको छ । घोराही उपमहानगरपालिकाको पहिलो मेयर कप बास्केट बल प्रतियोगितामा मेयरकप विजेता बनेको गुरुकुल एकेडेमी अहिले अन्डर १५ राष्ट्रिय बास्केटबल प्रतियोगिताका लागि छनोट भएका हुन् ।

प्रतियोगिता यही जेठ ३१ र ३२ गते पोखरामा हुने छ ।त्यसैगरी अन्डर १५ राष्ट्रिय बास्केटबल प्रतियोगिताका लागि रुपन्देहीमा बन्द प्रशिक्षणमा रहेका छन्।

Facebook Comments