• २२ मंसिर २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नेकपा दाङ क्षेत्र नं. १ कोे राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न




श्रवण कुमार यादव
गढवा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट दाङ जिल्ला क्षेत्र नं. १ कोे राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम शनिबार गढवामा सम्पन्न भएको छ।

उघोग वाणिज्य संघ, गढवाकोे सभाहलमा सम्पन्न राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज सविन सी रहेका थिए।

एक सय पचास जना पार्टी सदस्यको उपस्थितिमा सम्पन्न राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमका अतिथिहरुमा नेकपाका केन्द्रिय सदस्य तथा दाङ जिल्ला क्षेत्र नं १ का इन्चार्ज विक्रम सी, नेकपाका केन्द्रिय सदस्य तथा दाङ जिल्ला क्षेत्र नं ३ का इन्चार्ज प्रदिप सी, नेकपा पूर्वी दाङ जिल्ला सल्लाहकार मान बहादुर सी, हरि सी, केशर सी, महान सहिद परिवारको तर्फबाट विष्णु सी लगाएतकाे रहेका थिए।

गढवा गाउँपालिका इन्चार्ज गणेश सीकोे स्वागत मन्तव्यबाट सुरुभएकाे राजनीतिक तथा प्रशिक्षण कार्यक्रमका अध्यक्षता नेकपा दाङ जिल्ला सेक्रेटरी तिलक सीले गरेका थिए।

प्रशिक्षण कार्यक्रममा जिल्ला पार्टीले गरेका योजना र आगामी गर्ने कामको योजनाबारे जानकारी गराएका थिए।

Facebook Comments