• ११ मंसिर २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रतिष्ठानको एमबिबिएसको लागि आवश्यक पर्ने नवलपुरको जग्गा ल्याउन तीब्र पहल




दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा एमबिबिएसको कार्यक्रम सञ्चालन गर्ने तयारी स्वरुप आवश्यक जग्गा ल्याउन पनि प्रतिष्ठानले पहल जारी राखेको छ ।

प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले विगत ७ वर्षदेखि प्रतिष्ठानको नाममा जग्गा नआउदा अड्किएको फाईल तीव्र गतिमा अघि बढिरहेको बताउनुभयो ।

जग्गाको बारेमा जिल्ला प्रशासन कार्यालय दाङसहित विभिन्न सरकारी निकायसंगको समन्वय र सहयोगमा प्रतिष्ठानको नाममा जग्गा ल्याउने काम प्रकृया पुर्याउने क्रममा रहेको उहाँले बताउनुभयो । हालको प्रतिष्ठानको भौतिक संरचनामा एमबिबिएसको काम अघि बढाउने भन्दै एमबिबिएस पढ्ने बिद्यार्थी र प्राध्यापकहरुलाई आबासको सुबिधाको लागि सो जग्गा ल्याउन आवश्यक प्रकृया सबै पुर्याइएको र केही समयपछि दङ्गाली जनताले जग्गाको उपलब्धीबारे सुखद शन्देश थाहा पाउने लम्सालले बताउनुभयो ।

एमबिबिएस कार्यक्रम सन्चालन गर्नका निमित्त घोराही १८ नवलपुरमा रहेको साढे ५ बिगाहा जग्गाको वातावरणिय प्रभाव मुल्याङ्कन गर्ने काम चलिरहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले प्रतिष्ठानको नाममा आवश्यक प्रकृया पुरा गरेर छिट्टै जग्गा आउने विश्वास ब्यक्त गर्नुभयो । जग्गाको काम अघि बढाउन प्रतिष्ठानकोतर्फवाट सबैखाले प्रयासहरु भइरहेको उहाँको भनाइ छ ।

Facebook Comments