दाङ । गत २० गते बंगलाचुलीमा मोटरसाइकल दुर्घटना परि मृत्यु खेतुलाल नेपालीको परिवारलाई राहत तथा घाइते चेत प्रसाद डाँगीलाई उपचारका लागि सहयोग अभियान सुरु भएको छ ।
उक्त अभियानको संचालन नेपाली कांग्रेस बंगलाचुली ४का वडा कार्यसमितिको उपसभापति बिक्रम कुमार डाँगीले गर्नु भएको छ उक्त सहयोग रकम १३ औं दिनको शुद्ध शान्ति दिन परिवारलाई हस्तान्तरण गरिने समेत बताउनु भयो ।
उक्त अभियानमा नेपाली कांग्रेस बंगलाचुली ४का वडा कार्यसमितिको उपसभापति एंव बिक्रम कुमार डाँगी, कांग्रेस बंगलाचुली ५ का वडा कार्यसमितिको सभापति केशव जिसि, समाजसेवी पारसश्वर डांगी र शारद वलीले संयुक्त रूपमा नगद रु १० हजार सहयोग गर्नु भएको छ ।
उक्त सहयोग अभियानमा सम्पूर्ण नेपाली कांग्रेसका नेता कार्यकता, क्षेत्रीय कार्यसमिति , महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश, पालिका तथा वडा कार्यसमिति, क्षेत्रीय प्रतिनिधि, जनप्रतिनिधि, कृयाशिल सदस्य,भातृ तथा सवेच्छुक संघसंगठन लगायत सम्पूर्णमा अभियन्ता डाँगीले अनुरोध गर्नुभएको छ ।
सहयोग गर्न चाहनेहरुले अभियन्ता बिक्रम डाँगीको मोबाइल नम्बर ९८६९५९६५३० मा सम्पर्क गरि सहयोग गर्न सकिने छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।