• २३ भाद्र २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चौथो भूमे कपको उपाधी ४ नम्बर वडालाई




रुकुमपूर्व । रुकुमपूर्वकाे भूमे गाउँपालिकामा चौथो भूमे कप २०८१ सम्पन्न भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ चौथो भूमे कप आज एक भव्य कार्यक्रमबिच भूमे गाउँपालिकाकाे अध्यक्ष हाेम प्रकाश श्रेष्ठकाे अध्यक्षतामा समापन भएको हाे ।

दुवै तर्फका महिला, पुरुष भलिबल खेलाडीलाई भूमे गाउँपालिकाले पुरस्कार रासी समान राखेको थियाे ।   महिला र पुरुष भलिबलमा पुरस्कार रासीमा गाउँपालिकाले महिला पुरुष भलिबल तर्फ सम्मान रुपले प्रथम, दाेस्राे, तेस्रो र सान्त्वना हुने बिजेता टिमलाई क्रमश ७० हजार, ४५ हजार, ३० हजार र ५ हजार सहित कप मेडल र प्रमाण – पत्र पुरस्कार सहित प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

भूमे गाउँपालिकाकाे चाैथाे भूमे कपमा भलिबल प्रतियोगिताको उपाधि भूमे गाउँपालिका वडा नम्बर ४ ले जितेकाे छ । यस्तै दाेस्राे स्थान सिस्ने गाउँपालिका वडा नम्बर ३ हात पारेकाे छ, तेस्राे स्थान भने भूमे १ लकुम र सानत्वना स्थान भने सिस्ने ४ ले हात पार्न सफल भएको हाे ।

यस्तै महिला तर्फकाे खेल भूमे ६ महत प्रथम भएको छ । दास्राे भने पूथा उत्तर गंगा गाउँपालिका वडा नम्बर १० तक र तेस्राे स्थान भूमे एक लकुम र सानत्वना भूमे ३ सिमा भएको हाे।

उटकृष्ट खेलाडीमा पुरुष तर्फ सिस्ने ३काे आशिष बिक र महिला तर्फ भने भूमे ६ महतकि अनिता बुढालाई कप र मेदल प्रदान सहित आगामी दिनहरुमा थप प्रगति गर्न शुभकामना भूमे गाउँ पालिका अध्यक्ष हाेम प्रकाश श्रेष्ठले दिनु भएको छ।

खेल क्षेत्र महत्वपूर्ण पक्ष भएकोले गाउँठाउँमा लुकेर रहेका प्रतिभाहरुलाई चिनाउने, खेलाडीहरु उत्पादन गर्ने र खेलाडीहरु मार्फत् आफ्नो गाउँ ठाउँलाई बाहिरी जिल्ला, प्रदेश र राष्ट्रि रुपमै पहिचान दिलाउनको लागि रुकुम पूर्वमा रहेको तिन वटै स्थानीय तहाका खेलाडी समावेश गरेर खेलप्रति युवाहरुको क्षमता खोज्ने प्रयास गरिएको र साथै सम्पूर्ण उपस्थित खेलाडीलाई गाउपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठले उपस्थित खेलाडी तथा शुभचिन्तक सबैमा हार्दिक आभार ब्यक्त गर्दै शुभकामना दिनु भएको थियाे ।

यस्तै युवा तथा समाजसेवी चन्द्र रसाइलीले शुभकामना मन्त्वय दिदै खेलकुदको उचित विकासका लागि आफू हरके दिन लाथि परेकाे बताउनुभयो । आगामी दिनमा विविध खेलको आयोजना गरेर मात्रै हैन खेललाई प्रभावकारी तरीकाले अगाडि बढाउनका लागि विविध खेल कोच सहित खेललाई अगाडि बढाउनमा आफूले जोड दिईरहने पनि बताउनु भएको छ।

गाउँपालिका अध्यक्ष हाेम प्रकाश श्रेष्ठकाे अध्यक्षता शुरुभएको कार्यक्रममा विशेष अतिथि सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी ,भूमेकाे नाै वटै वडाका वडा अध्यक्षहरु , सिस्नेकाे ३ नम्बर वडाका वडा अध्यक्ष हेराम खड्का, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देविलाल विक ,राष्ट्रिय रेफ्री महेन्द्र शेरचन, जिल्ला खेलकुद विकास समितिकाे अध्यक्ष नामेद्र सुनार , युवा तथा समाजसेवी चन्द्र रसाइली ,लगायत उपस्थित रहेकाे थियाे भने कार्यक्रमकाे सन्चालन गाउँपालिकाकाे कर्मचारी चेतन बुढाले गर्नुभएको थियाे ।

Facebook Comments