कृष्ण अधिकारी
दाङ । तुलसीपुरमा मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी समितिले बुधबार राहत वितरण गरेको छ । यही जेठ १९ गते राति आएको हावाहुरीले घर भत्किँदा च्यापिएर मृत्यु भएका तुलसीपुर उपमहानगरपालिका -१२ का भगवान खत्रीको परिवारलाई समितिले आर्थिक सहयोग गरेको हो । खत्री परिवारको आर्थिक अवस्था निकै कम्जोर रहेकाले समितिले आर्थिक सहयोग गरेको समितिका सदस्य नवीन ओलीले जानकारी दिए ।
समितिका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा एवं तुलसीपुर १२ वडा सदस्य शेषमणि भण्डारीको प्रमुख आतिथ्यमा खत्रीको परिवारलाई राहत स्वरूपको रकम २५ हजार २५५ प्रदान गरिएको गरिएको थियो ।
राहत कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले दु:खमा परेको परिवारहरूलाई समिति सानो सहयोग गरेर राम्रो काम गरेको बताए । उनले व्यवसायीहरू नाफा कमाउने मात्र नभइ समाजसेवा पनि गर्छन्, भन्ने कुरा यसले प्रष्ट पारेको समेत बताए । उनले खत्रीको परिवारको अवस्था निकै कमजोर रहेको हुँदा सहयोग गर्न जरुरी रहेको समेत बताए । कार्यक्रममा ज्ञान बहादुर बस्नेत, थुमन विश्वकर्मा ( शीतल ) , रामबहादुर बस्नेत, प्रकाश बस्नेत, मीनराज ओली लगायत मोबाइल व्यवसायीहरूको उपस्थिति रहेको थियो ।
समितिका अध्यक्ष भण्डारीले मृतक खत्रीका छोरा रोजगारीको सिलसिलामा भारत जाने गरेको भन्दै उनलाई यही रोजगारी दिनको लागि आफूहरूले पहल गर्ने समेत बताए । यस्तै उनले खत्रीकी छोरीको पढाइ खर्च समेत निःशुल्क बनाउनेमा पहल गर्ने बताए । कार्यक्रममा ज्ञान बहादुर बस्नेतले मन्तव्य राखेका थिए, भने कार्यक्रमको सहजीकरण समितिका सदस्य ओलीले गरेका थिए ।काजकिरिया गर्ने ठाउँ समेत नहुँदा खत्रीका परिवारहरु केशवराज झुमा कुमारी बृद्धाआश्रम तुलसीपुर-१२ रझेनामा बसेका छन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।