• २ कार्तिक २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
होलेरीमा यस वर्षको हाटबजार ३० जेठबाट लगाउने तयारीमा




होलेरी । रोल्पाको होलेरीमा सञ्चाल हुँदै आएका होलेरी कृषि हाटबजार फेरी सञ्चालनमा आउने भएको छ । लामो समयदेखि बन्द रहेको हाटबजार गत आर्थिक वर्षबाट रुन्टीगढी गाउँपालिका र बिभिन्न गैर सरकारी संघ सस्थाको आर्थिक तथा प्राबिधिक सहयोगमा हाटबजार सञ्चालनमा आएको हो ।

गत वर्ष ५० करोड तरकारी बिक्री गर्ने लक्ष्य राखिएको भएपनि हाटबजारबाट १३ करोडको मात्र कारोबार भएको होे । हाटबजार लागेको पहिलो वर्ष भएको र सिजन भन्दा केही ढिलो गरि हाटबजार लगाइएको हुँदा लक्ष्य अनुसारको कारोबार नभएको गाउँपालिका अध्यक्ष जनक पुनले बताए । बन्द भएको धेरै समयपछि सञ्चालन भएको हाटबजार भएको हुँदा केही चुनौति थिए । तर चुनौती हुँदा हुदै पनि चुनौतिकै बीचबाट हाटबजार सफल भएको अध्यक्ष पुनको भनाइ छ ।

तरकारी उत्पादन कम र सिजन सकिएको हुँदा केही समय हाटबजार बन्द गरिएको थियो । तरकारी हाटबजार बन्द गरिए भएपनि उक्त हाटबजारबाट खसी बोका हाटबजार सञ्चालन हुँदै आएको थियो ।

यस आर्थिक वर्ष २०८१ को हाटबजार यही जेठ ३० गतेबाट सञ्चालन गरिने होलेरी कृषि हाटबजार सञ्चालक समितिका अध्यक्ष चन्द प्रकाश महराले बताए । साथै उनले तरकारी संकलनका लागि स्टल लिन चाहानेले जेठ २७ गतेसम्म सम्पर्क गर्न समेत अनुरोध गरेका छन् भने समितिको नियम बिपरित कुनै किसान वा व्यापारीले हाटबजार भन्दा बाहिरबाट तरकारी किन बिक्री गर्ने कार्य गरेमा १५ हजार जरिमाना गरिने समेत जानकारी दिएका छन् ।

Facebook Comments