होलेरी । रोल्पाको रुन्टीगढी गाउँपालिकाका नगर प्रहरीद्वारा सरसफाइ गरिएको छ । २०८१ जेठ ३ गते बाट होलेरीमा संचालन भएको होलेरी चौंथौ बृहत साँस्कृतिक मेलामा जम्मा भएका फोहोरलाई उचित ढंगबाट व्यवस्थापन गरि सरसफाइ गरिएको हो ।
महोत्सव सम्पन्न भएपछि महोत्सव भएको स्थानमा व्यापारी लगाएत उक्त स्थानमा प्रवेश गर्ने ब्यक्तिहरुले फोहोर यत्रतत्र अवस्थामा फालेका थिए ।
उक्त स्थानमा जम्मा भएको फोहोर संकलन तथा व्यबस्थापनमा कसैले चासो नदेखाएको पछि जनताको स्वास्थ्य तथा उक्त स्थानको सुन्दर्यताको ख्याल गर्दै रुन्टीगढी गाउँपालिका नगर प्रहरी प्रमुख लिला राज थापा नेतृत्वको टोली द्वारा सरसफाइ गरिएको हो ।
बिहान ६ बजे देखि ११ बजे सम्म गरिएको सरसफाइ कार्यक्रममा २० बोरा फोहोर संकलन भएको र ८ जना नगर प्रहरी जवानद्वारा सरसफाइ गरिएको नगर प्रहरी प्रमुख थापाले जानकारी दिनुभयो । साथै संकलन भएको फाहोरलाइ उचित स्थानमा लगि व्यबस्थापन गरिएको उहाँले बतानुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।