घोराही । नेपाल कम्युनिस्ट पार्टी दाङले लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसँग भेटघाट गरेको छ । पार्टीले बुधबार बिहान कार्यालयमै पुगेर सभामुखसँग भेटघाट गरेको हो ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसँग भेटघाटको क्रममा पार्टीका नेताहरुले वर्तमान राष्ट्रिय राजनीतिको संकट तथा देशमा भए/गरेका समसामयिक विषयमा छलफल गरेको पार्टी कार्यालय दाङले जनाएको छ । साथै पार्टीले प्रदेश सरकारलाई जनताले प्रत्यक्ष रुपमा प्रदेश सरकारको अनुभूति गर्नेगरी काम गर्नुपर्ने सल्लाह/सुझाब दिएको पार्टीले जनाएको हो ।
त्यस्तै भेटघाट कार्यक्रममा पार्टीले प्रकाशनमा ल्याएको सी सपना त्रैमासिक पत्रिका प्रदेश सभामुख घर्तीलाई पार्टीका केन्द्रीय सदस्यद्वय विक्रम सी र सम्झना सीले संयुक्त रुपमा हस्तान्तरण गरेको थिए ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्री सदस्य तथा दाङ क्षेत्र नं. १ का इञ्चार्ज विक्रम सी, पार्टीकी केन्द्रीय सदस्य सम्झना सी र पार्टीको सहायक संगठन युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा दाङका इञ्चार्ज पदम सीलगयातको टोली भेटघाटको लागि प्रदेश सभामुखको कार्यालयमा पुगेको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।