• ११ मंसिर २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुन्टीगढी पूर्ण खोप सुनिश्चितता पालिका घोषणा




होलेरी । रोल्पाको रुन्टीगढी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तरगत स्थानीय श्रोतको उपयोग स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भने मूल नाराको साथ खोप समन्वय समितिले शुक्रबार घोषणा गरेको हो ।

रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनको अध्यक्षता एवं जिल्ला समन्वय समितिका अध्यक्ष सिता अचार्यको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी खिम बहादुर रायमाझीको विशिष्ट अतिथ्यतामा कार्यक्रम भएको हो ।

रोलपाको रुन्टीगढी गाउँपालिकामा पालिकास्तरीय खोप समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा सरोकारवाला निकाय, स्थानीय राजनीतिक दलका प्रतिनिधि, स्थानीय स्वास्थ्यकर्मी, महिला स्वंसेविका,आमा समूह सुरक्षाकमर्मी, पत्रकार लगायतको सहभागितामा रहेको थियोे । रुन्टीगढी गाउँपालिकाको सम्पूर्ण वडाहरुमा पुर्ण खोप सम्पन्न भएपछि पालिकामा पूर्ण खोप पालिका घोषणा गरिएको हो ।

रुन्टीगढी गाउँपालिका प्रमुख प्रसाशकीय अधिकुत रेमन्त बहादुर डाँगीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा संयोजक बुद्धिजिवी सेजवालले गर्नुभएको हो ।

Facebook Comments