• ११ मंसिर २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
एमबिबिएस सञ्चालनका लागि जनस्वास्थ्य कार्यालयको भवन प्रतिष्ठानले उपयोग गर्ने




घोराही । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले चालु आर्थिक वर्षदेखि नै एमबिबिएसको कक्षा सञ्चालनमा ल्याउने तयारी तिव्र पारेसँगै जिल्ला जनस्वास्थ्य कार्यालयको भवन उपयोग गर्ने भएको छ ।

लुम्विनी प्रदेशको स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्य कार्यालय दाङलाई पत्राचार गरेर कार्यालय भवन प्रतिष्ठानको एमविविएस सञ्चालन गर्नका निमित्त उपयोग गर्न निर्देशन दिएको हो ।

प्रदेश स्वास्थ्य मन्त्रि दिपेन्द्र पुनको हिजो जेठ २० गते भएको मन्त्रिस्तरको निर्णय भएसंगै अव प्रतिष्ठानले शैक्षिक शत्र २०८१÷८२ को एमविविएस कार्यक्रम सञ्चालनको लागि जनस्वास्थ्य कार्यालयको भवनको छतमा प्रीफ्याव स्ट्रक्चर बनाउने प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले बताए । उनले प्रदेश स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्यलाई गरेको पत्राचारको वोद्धार्थ प्रतिष्ठानलाई पनि पठाएको छ ।

मन्त्रालयका बरीष्ठ स्वास्थ्य शिक्षा प्रशासक नोद नारायण चौधरीद्वारा हस्ताक्षरीत पत्रमा प्रतिष्ठानलाई जनस्वास्थ्य कार्यालयको भवन उपयोगका निमित्त सहजिकरण गर्न सम्वन्धित कार्यालयलाई पनि निर्देशन दिएका छन् ।

Facebook Comments