श्रवण कुमार यादव
राजपुर । व्यवसायिकरुपमा पशुपालन गर्न थालेपछि दाङको, राजपुर गाउँपालिकाका किसानले दूध बेचेर मनग्य आम्दानी गर्न थालेका छन् ।
किसानले दूध बेचेर वार्षिक लाखौं रुपैयाँसम्म आम्दानी गर्न थालेका छन् । परम्परागत व्यवसायीक रुपमा भैंसीपालन गरेका किसानहरूको भनाइ रहेको छ। राजपुर क्षेत्रमा उत्पादित दूध स्थानीय बजारमा नै खपत् हुन सकेको भने छैन्। देउखुरीको बजार सानो भएको र गाउँमा दही, दुध विक्रि नहुँदा दिनहु राजपुरबाट लमही, घोराही भालुवाङका बजारसम्म विक्रिका लागि आउने जाने गरेको बताउँछन् ।
राजपुर गाउँपालिका-३, प्रतापपुरका नारायण प्रसाद यादवले दैनिक ५ सय लिटर दूध बेच्छन् । बिहानै मोटरसाइकलमा लमही-घोराही बजारका विभिन्न ठाउँमा पुगेर दूध बिक्री गर्नु उनको दैनिकी हो। घरपरिवारले बिहान उठेदेखि गाईभैंसीको स्याहार गर्नु, दिनभर गाईभैंसीको पछि दौडनु र गाईभैंसीकै चिन्ता हुने बताउँछन्।
उनको घरमा ३५ वटा भैंसी र तिनका पाडापाडी छन्। गाउँबाट दुध संकलन गरी दैनिक लमही, घोराही धाउनमा व्यस्त रहन्छन्। संकलन गरेर बजार पुर्याइएका दुध भने दूध डेरी पसल र होटलमा दिने गर्दछन्। उनका अनुसार पशुपालनबाट अहिले उनी मासिक एक लाख आम्दानी गरिरहेका छन्। उनको आफ्नै भैंसी फर्म छ र उनी आफ्नो घरकाे भैंसी फर्मबाट उत्पादित ४० लिटरसँगै गाउँका अन्य किसानहरूले उत्पादन गरेको दूध संकलन गरी बिक्री गर्छन्।
त्यस्तै सोही ठाँउ निवासी गोरखनाथ यादवले बताउँछन्- ‘हरेक दिन बिहान ४ बजे उठेर भैंसीको स्याहारसुसार गरेर अँध्यारै घरबाट निस्कन्छु, र बिहान ११ बजेसम्म दही बेचिसक्छु’। उनले भने, ‘घरबाट निस्कनु अघि भैंसी र तिनका पाडापाडीको स्याहारसुसार गर्ने, दुहुने र उनीहरुका लागि आहारा तयार पारिसक्छु।’
यादवले पशुका लागि घाँस पनि आफैं लगाएका छन् भने पराल र भुस पनि आफ्नै जग्गामा उत्पादन गर्ने गर्छन्। आवश्यक परेको खण्डमा उनले अन्तबाट पनि परालहरू किन्ने गर्ने गर्छन्। यादवले दैनिक रूपमा दही बेच्न घोराही धाई घर-घर लगेर बिक्री गर्ने गर्छन्। उनका अनुसार पशुपालन व्यवसायबाट अहिले उनी मासिक ७० हजार जति आम्दानी गरिरहेका छन्। उनको आफ्नै भैंसी फर्म छ तर स्थानीय सरकारले फर्मलाई व्यवस्थित बनाउन सहयाेग गर्दिएको भए व्यवसाय झन फस्टाउन सक्ने बताउँछन्।
दाङको राजपुर गाउँपालिका वडा नं ३,४ र ५ मा प्राय यादव समुदायकाे बस्ती रहेको पाइन्छ। गाउँमा यादव समुदाय प्राय सबै शुद्ध साकाहारी रहेको पाइन्छन्। माछा मासु खाने त के घरमा हाँस, कुखुरा, बाख्रा त कसैले पाल्दैनन्। सबैका गोठमा गाई भैंसी मात्रै हुन्छन्। गाई भैंसी पाल्नु नै यो गाउँ र यी यादव समुदायको पुर्खौली पेशा हो।
पर्याप्त चरन क्षेत्र भएको हुँदा यहाँका स्थानीयले वर्षौँदेखि परम्परागत शैलीमा पशुपालन गर्दै आएका छन्। मुख्य पेशा नै पशुपालन भएको हुँदा अरूमा यहाँका अधिकांश स्थानीयले अरू पेशालाई प्राथमिकता दिँदैनन्। यस क्षेत्रमा पशुचौपाया नपालेको कोही हुँदैन्।
उनीहरू जस्ता राजपुरमा सयौँ पशुपालक छन्। उनीहरू अझै पनि नयाँ प्रविधि र ज्ञानबाट टाढै छन्। गाउँपालिकाले यस्ता कृषकलाई नयाँ प्रविधिसँग जोड्न सके सिंगो राजपुरलाई आत्मनिर्भर बनाउन सकिने स्थानीय बासिन्दाको बुझाइ छ भने ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजना, राजपुर गाँउपालिकासँगको साझेदारी र हेफर प्रोजेक्ट नेपालको प्राबिधिक सहयोगमा भैंसी पालक किसानहरुलाई लक्षित गरेर भकारो सुधार कार्यक्रमलाई अभियानको रुपमा अधि बढाइएको राजपुर गाउँपालिका उपाध्यक्ष धनपति देवी यादवले बताउँछिन्।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।