• २३ भाद्र २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्तीमा परम्परागत थारु हस्तकला तालिम सुरु




तुल बहादुर कवँर मगर
देउखुरी । दाङ-देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ७ छाेट्की सिसहनियाँमा थारु समुदायका महिलाहरूलाई परम्परागत थारु हस्तकला सीप सिकाउन थालिएको छ ।

थारु समुदायमा बनाइने हस्तकलाका सामग्री पछिल्लो पुस्ताहरूमा हस्तान्तरण नहुँदा हस्तकलाका सिपहरू समुदाय बाटै हराउँदै जान थालेपछि संरक्षणका लागि साे सीप सिकाउन थालिएको हो ।

गाउँपालिकाले उद्धमशिलता र आर्थिक विकासका लागि विपन्न युवा तथा महिलाका सिप विकास कार्यक्रम अन्तर्गत उनीहरूलाई सीप सिकाई उद्यमशीलता तर्फ अग्रसर गराउनका लागि तालिम आयोजना गरिएकाे जनाएको छ ।

गृहिणी महिलाहरूलाई सीप सिकाई स्वरोजगार बनाउनुका साथै आयआर्जन तथा सामाजिक रूपान्तरण र जीविकोपार्जन गराउने उदेश्यले तालिम सुरु गरिएको राप्ती गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सिताराम चाैधरीले जानकारी दिनुभयो ।

थारु समुदायले विभिन्न कार्यको लागि परापूर्व कालदेखि प्रयोग गरिदै आएको हस्तकलाका सामाग्रीहरुलाई पुस्ता हस्तान्तरण सँगै महिलाहरूलाई सीप विकास कार्यक्रमअन्तर्गत आफ्नो संस्कार, संस्कृति, परम्पराको सीप सिकेर उद्यमी बन्नका लागि तालिम आवश्यक रहेको गाउँपालिकाकी उद्यम विकास सहजकर्ता अमिता चाैधरीकाे भनाई छ।

तालिमका सहभागीहरुलाई थारु हस्तकला ढकिया,पुजादानी,
हट्केस लगायतका विभिन्न आकृतिका सामाग्री बनाउन सिकाइने छ ।

१४ जना महिलाहरुकाे सहभागीता रहेको १५ दिने तालिमको प्रशिक्षकमा श्री कुमारी चाैधरी रहनु भएको छ।

Facebook Comments