• २३ भाद्र २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दंगीशरणमा ढकिया हस्तकला उत्पादनसम्बन्धी तालिमको समापन




कृष्ण अधिकारी 
तुलसीपुर ।  दाङको दंगीशरण–२ मा ढकिया हस्तकला उत्पादन तालिमको समापन गरिएको छ । गत बैशाख १५ गतेबाट सुरु भएको एक महिने ढकिया हस्तकला उत्पादन एडभान्स तालिमको शुक्रबार एक कार्यक्रमकाबिच समापन गरिएको हो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले अहिलेको अवस्थामा यस्का खाले तालिमको अत्यन्तै आवश्यक रहेको बताउनुभयो । ढकिया बनाउनका लागी कच्चा पदार्थ यहाँ नपाइने हुदा बाँके, बर्दिया र कैलालीबाट ल्याएर दाङमै त्यसको कच्चा पदार्थ उत्पादन गर्न सकिने उहाँले बताउनुभयो ।

कार्यक्रमको प्रमुख अथिती समेत रहनुभएका अध्यक्ष गिरीले कुनैपनि वस्तु उत्पादन गर्दा बजारीकरणमा पनि ख्याल गर्नुपर्ने बताउनुभयो । तर, यस्ता हस्तकलाका सामाग्री विक्रि हुदैन कि भनेर चिन्ता गर्नुपर्ने अवस्था नरहेको उहाँको भनाइ छ । यस्तै वन ऐनलाई छिट्टै पास गर्ने समेत अध्यक्ष गिरीले बताउनुभयो । संघीयता आइसकेपनि सेना र बन स्थानीय सरकारको मातहतमा नआउदा कामको सिलसिलामा अप्ठेरो पर्ने गरेको अध्यक्ष गिरीको भनाइ छ ।

कार्यक्रममा वन महासंघका महासचिव शोभाकर सापकोटाले २०२९ सालमा वन ऐन आएको र तत्कालीन अवस्थामा ८ वटा सामुदायिक वनबाट शुरु गरीएको वन महासंघ नेपालमा अहिले ८ हजार सामुदायिक आबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा कार्यपालिका सदस्य मिना चौधरी, वन महासंघ दंगीशरणका अध्यक्ष शोभाकर न्यौपाने, चेम्बर अफ कमर्सका टोप बहादुर घर्ती, वडा नम्बर २ का वडा अध्यक्ष डम्बर खत्री लगायतले आ–आफ्नो भनाइ राख्नुभएको थियो ।

हाम्रो राजाकोट बहुउदेश्य सहकारी सस्थाका लेखा समिती संयोजक इस्वरी गौतमको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी सस्थाका सचिव चक्रमिलन बिश्वकर्माले गर्नुभएको थियो ।

Facebook Comments