• २३ भाद्र २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बुद्धिचाल राष्ट्रिय प्रतियोगिताका लागि दाङमा खेलाडी छनौट प्रतियोगिता हुँदै




दाङ । बुद्धिचाल राष्ट्रिय प्रतियोगिताका लागि दाङमा खेलाडी छनौटमा हुने भएको छ । यही जेठ ३० देखि ३२ गतेसम्म पोखरामा हुन लागेको ‘यु–१५ राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका लागि दाङमा खेलाडी छनौट प्रतियोगता हुन लागेको हो ।

दाङ जिल्ला बुद्धिचाल संघले यही जेठ १९ गते शनिबारका दिन घोराहीमा खेलाडी छनौट प्रतियोगिता आयोजना गर्न लागेको संघका जिल्ला अध्यक्ष अनिल शेरपाईली जानकारी दिनुभयो ।

राष्ट्रिय प्रतियोगिताका लागि दाङवाट २ छात्र र २ छात्रा सहभागी हुने भएकाले खेलाडी छनौट प्रतियोगिता संचालन गर्न लागिएको हो ।

खेलाडी छनौट प्रतियोगिताका लागि संघले बुधवार विज्ञप्ती जारी गर्दैै छनौट प्रतियोगितामा सहभागी हुन जिल्लाका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई आह्वान गरेको छ । संघका अध्यक्ष अनिल शेरपाईलीले विज्ञप्तीमा १५ वर्षमुनि उमेर समूहका बालबालिकाहरुको राष्ट्रिय प्रतियोगिता उपाधी दाङले हात पार्नका लागि छनौट प्रतियोगिता संचालन गर्न लागिएको जनाएको छन् ।

छनौट प्रतियोगिता घोराहीको गोरखा ईन्टरनेशनल पब्लिक सेकेण्डरी स्कुलको आयोजना गरिएको छ ।

Facebook Comments