• २६ मंसिर २०८२, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
देउखुरीको राजपुरसहित सबै पालिकामा २ दिन विद्यालयमा गर्मी बिदा




श्रवण कुमार यादव
राजपुर। अत्याधिक गर्मीसँगै तातो हावा (लु) चलेकाले देउखुरीको राजपुर गाउँपालिकासहित ४ वटै पालिकाका विद्यालय दुई दिन बन्द हुने भएका छन् ।

निरन्तर बढिरहेको गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा समस्या देखिन थालेपछि देउखुरीको राजपुर गाउँपालिका, राप्ती, गढवा र लमही नगरपालिकाले सुचना जारी गरी जेठ १७ र १८ गते गरी २ दिनका लागि विद्यालय बिदा दिइएका हुन्।

अत्याधिक गर्मी भएको भनि विद्यालयबाट जन गुनासाे आएकोले राजपुर गाँउ शिक्षा समितिकाे जेठ १४ गतेको निर्णय बमोजम जेठ १७ र १८ गते दुई दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको राजपुर गाँउपालिकाका शिक्षा शाखा प्रमुख केशव लम्सालले बताउनुभयो।

देउखुरीमा केही दिनदेखि अत्याधिक गर्मी बढेको छ । यहाँको तापक्रम ४१ डिग्रीभन्दा बढिरहेको छ।

Facebook Comments