• ६ मंसिर २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुली कपको सेमिफाइनलमा वडा नम्बर ४ र ५




दाङ । बंगलाचुलीमा जारी चौथो बंगलाचुली कप अन्तर्गत क्रीकेट खेलमा बंगलाचुली वडा नम्बर ४ ग्रुप बिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
लिग चरणका खेलमा वडा नम्बर ४ ले वडा नम्बर ७,८,५ लाई हराउँदै ग्रुप “ए”को बिजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको हो ।

ग्रुप “ए” बाट ३ खेलमा २ जित निकाल्दै वडा नम्बर ५ उपबिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
वडा नम्बर ५ ले वडा नम्बर ७,८ लाई पराजित गरेको थियो भने वडा नम्बर ४ संग भने पराजित भएको थियो ।

ग्रुप बि मा वडा नम्बर ३ र ६ एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेका छन् । भने ग्रुप बि का बिजेता र उपबिजेता ३ र ६ बिचको खेलमा टुङ्गो लाग्ने प्रतियोगिता आयोजक समितीका सदस्य एवं वडा नम्बर ४ का अध्यक्ष डास बहादुर डागीले जानकारी दिए ।

क्रीकेट प्रतियोगितामा ८ वटा टिम को सहभागीता थियो भने २ ग्रुपमा बिभाजन गरि खेल भएका थिए । जस्मा वडा नम्बर १,२,७,८ प्रतियोगिता लिग चरण बाट बाहिरिएका छन् ।
यसैबिच
पुरुष भलिबलमा वडा नम्बर ५ र ८ सेमिफाइनलमा  प्रवेश गरेका छन भने महिला भलिबलमा वडा नम्बर १ र ८ फाइनलमा प्रवेश गरेको छन ।

पुरुष महिला भलिबलमा भने ७-७ वटा टिमको सहभागीता रहेको थियो ।

Facebook Comments