दाङ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जिने एक्सपर्ट मेसिनबाट हालसम्म ११ हजार बढी ब्यक्तिको नि:शुल्करुपमा क्षयरोग भए /नभएको बारेमा परीक्षण गरीएको छ । २०७८ साल कार्तिक ५ गतेबाट उच्च प्रविधि जडित मेसिनबाट क्षयरोगको परीक्षण हुँदै आएको छ ।
प्रतिष्ठानका ल्याव असिस्टेन्ट शंखु चौधरीका अनुसार अहिलेसम्म ११ हजार २ सय ५६ जनामा क्षयरोग परीक्षण गरीएकोमा ९ हजार ९२ जनामा नेगेटिभ, १ हजार ५ सय ६२ जनामा सेन्सेटिभ पोजेटिभ र ३१ जनामा रेसिस्टेन्ट देखिएको छ ।
प्रतिष्ठानमा मेसिनबाट क्षयरोग परीक्षण हुनेहरुको यो संख्या लुम्बिनी प्रदेशमै दोस्रो रहेको प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराइले जानकारी दिए । ल्याव असिस्टेण्ट चौधरीका अनुसार गएको साउनदेखि जेठ ३ गतेसम्म ४ हजार बढीको परीक्षण गरिएको छ । जसअनुसार ३ हजार ८ सय २१ जनामा नेगेटिभ, ५ सय ९१ जनामा सेन्सेटिभ पोजेटिभ र १३ जनामा रेसिस्टेण्ट देखिएको छ । कम ब्याक्टेरीया देखिएपनि मेसिनबाट परीक्षण गर्न सकिने उनले बताए । मेसिनबाट क्षयरोग भए /नभएको परीक्षण गर्दा भरपर्दो र विश्वासिलो रहेको ल्याव असीस्टेण्ट चौधरीले बताए ।
सरकारले जिने एक्सपर्टको कार्टेज समयमै पर्याप्त नदिँदा समस्या हुने गरेको उनले अनुभव सुनाए । कार्टेज बाहिर किन्न पाइदैन, सरकारले आपुर्ति गरेर दिने हो, –उनले भने–‘थोरै कार्टेज दिँदा माग बढि छ, हप्ता दिनमै सकिन्छ, सरकारले कार्टेज पठाउदा नि थोरै पठाउने भएकाले समस्या छ, हामीलाई धेरै दिए २ सय भन्दा बढि कार्टेज दिदैनन्, अत्याधिक प्रेसर गरे ५ सय भन्दा बढि कार्टेज दिदैनन्, त्यसैले धेरै कार्टेज दिए परीक्षणको संख्या अझै बढ्छ ।’ कार्टेज समयमै नआएको अबस्थामा प्रतिष्ठानमा क्षयरोग भए नभएको पत्ता लगाउन माइक्रोस्कोपवाट हेर्न सकीने ब्यवस्था पनि मिलाइएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।