• २२ मंसिर २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नेकपा घोराहीको प्रथमपूर्ण बैठक सम्पन्न, यस्ता छन् बैठकका निर्णयहरु ?




घोराही । नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानगर कमिटीको प्रथमपूर्ण बैठक सम्पन्न भएको छ । शनिबार घोराहीमा सम्पन्न भएको पार्टीको बैठकले संगठन तथा उत्पादनसम्बन्धी महत्त्वपूर्ण निर्णयहरु गरेको हो ।

नेकपा घोराही उपमहानगरका सेक्रेटरी महान सीको अध्यक्षता एवं पार्टी केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज सविन सीको प्रमुख आतिथ्यता भएको बैठकले संगठनलाई जनतासम्म पुर्‍याउन सम्पूर्ण पार्टीपंक्तिलाई जनतातिर फर्काउने र पार्टीले संश्लेषण गरेका विचारधारात्मक  विषयवस्तुहरुलाई जनतासम्म अन्तरक्रिया तथा गोष्ठीहरु सञ्चालन गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले सामाजिक रुपमा मौलाउदै गएका बिकृती, बिसंगतीहरुको विरुद्धमा जनसंघर्षका कार्यक्रमहरु सञ्चालन गर्ने, एकीकृत स्वामित्व अन्तर्गत उत्पादनलाई बढाएर लैजाने र एकीकृत स्वामित्व नीतिमा सम्पूर्ण पार्टीपंक्ती जोडिनुपर्ने लगायतका महत्त्वपूर्ण निर्णयहरु गरेको पार्टीले जनाएको छ ।

उक्त बैठकले पालिकाभित्रका १९ वटै वडामा जवस मोर्चाहरुका जिम्मेवारी ठोस गरिएको पार्टीले जनाएको हो ।

बैठकमा पार्टी केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज सविन सी, पार्टीका केन्द्रीय सदस्यद्वय पाटन सी र सम्झना सी,  पार्टीका दाङ जिल्ला सेक्रेटरी तिलक सीले पार्टीको विचार, नीति, कार्यदिशा तथा पार्टीले लिएको आवधिक योजना र राष्ट्रिय राजनीतिक लगायत समसामयिक विषयमा प्रशिक्षणात्मक मन्तव्य राखेका थिए ।

त्यसैगरी बैठकले तत्कालीन पार्टीका पूर्वी दाङकी इञ्चार्ज सम्झ्ना सी र सेक्रेटरी जनक सीलाई सम्मान गरेको थियो ।

 

Facebook Comments