घोराही । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) दाङका जिल्ला सदस्य हरि केसी विप्लव नेकपामा समाहित छन् ।
उनी माओवादी केन्द्र परित्याग गरि शनिबार विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी घोराही नगरको प्रथमपूर्ण बैठकको अवसर पारेर जिल्ला सदस्य केसी नेकपामा समाहित भएका हुन् ।
पार्टीमा समाहित भएका केसीलाई पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज सविन सीलगायका नेताहरुले पार्टीमा स्वागत गरेका थिए ।
पार्टीले उनलाई स-सम्मानसहित उचित जिम्मेवारी दिने पार्टी घोराही नगर कमिटीले जनाएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।