• ६ मंसिर २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुली कपको लागि क्षितिज खड्काको कप्तानमा वडा नम्बर ४ को टिम घोषणा




दाङ । दाङको बंगलाचुली गाउँपालिकाको बार्षिक कार्यक्रम अनुसार यही जेठ १४ गतेदेखि हुने चौथो बंगलाचुली कप प्रतियोगिताका लागि बंगलाचुली गाउँपालिका वडा नम्बर ४ क्रीकेट प्रतियोगितालाई क्षितिज खड्काको कप्तानमा १४ सदस्यीय टिम घोषण गरिएको बंगलाचुली गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष डाँस बहादुर डाँगीले जानकारी दिनु भयो ।

जस्मा मोहन महरा (उप-कप्तान ), मदुसुधन गिरि, शोभाराम परियार , सुनिल घर्ती, अंकित पुन, सुशील परियार, केशब पुन, दिपेश घर्ती, जगत नेपाली, कमल नेपाली, समीर थापा, दिपक भण्डारी, गोबिन्द्र परियार टिममा रहेका छन भने कोचमा तेज प्रसाद पौडेल रहेका छन् ।

गत बैशाख १८ गते भएको टोल स्तरीय क्रीकेट प्रतियोगितामा गरेको खेल प्रदर्सनको आधारमा टिम छनोट गरिएको वडा अध्यक्ष डाँगीले बताए ।

उक्त प्रतियोगिता जेठ १४ गते १६ गते सम्म चल्ने छ भने विजेता टिमले २५ हजार रुपैया नगद पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यस्तै उपविजेता टिमले नगद १५ हजार नगद पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र पाउनेछ ।

Facebook Comments