श्रवण कुमार यादव
देउखुरी । यादव समाज सेवा संघ केन्द्रिय कार्यालय गढवा देउखुरी दाङमा नयाँ नेतृत्व चयन गर्न आज बिहीबार मतदान हुँदैछ।
यादव समाज सेवा संघ केन्द्रिय कार्यालय गढवाको आठौं महाधिवेशनको लागि गढवा र राजपुर गाउँपालिका गरी ५ वटा मातदान केन्द्रमा मतदान भइरहेको निर्वाचन समितिका संयोजक श्री त्रिजोगी नारायण यादवले जानकारी दिनुभयो ।
उहाँको अनुसार मतदान केन्द्र(बुथ) नं. १ मा २९५ जना, मतदान केन्द्र(बुथ) नं. २ मा ४६६ जना, मतदान केन्द्र(बुथ) नं. ३ मा ५४३, मतदान केन्द्र(बुथ) नं. ४ मा ११४७ र मतदान केन्द्र(बुथ) नं. ५ मा १०६४ जना गरी संघमा जम्मा कूल तीन हजार छ सय ८१ जना मतदाता सदस्यहरु रहेको बताउनुभयो।
उहाँले मतदान स्थलमा मतदाताहरुले अनिवार्य रूपमा आफ्नो कुनै पनि परिचय खुल्ने परिचय-पत्र लिएर जनुपर्ने बताउनु भएको छ।
अध्यक्ष पदका लागि हिरालाल यादव, नरेन्द्र यादव, रामप्रताप यादव र रामदास यादव गरी चार जनाले निर्वाचनमा होम्मीएका छन् । त्यसैगरी उपाध्यक्ष पदका लागि छेदी यादव र पञ्चराम यादव, महासचिव पदका लागि मिन्तीराम यादव र रामबरण यादव तथा सचिव पदका लागि एकराज यादव र अनिलकुमार यादवको उम्मेदवारी रहेको निर्वाचन समितिका संयोजक श्री त्रिजोगी नारायण यादवले जानकारी दिनुभयो ।
त्यस्तै ६ जना सदस्य पदका लागि सात जनाको उम्मेदवारी परेपछि सदस्य पदमा समेत निर्वाचन भइरहेको बताइएको छ। बिहान ८ बजे देखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म हुनेछ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।