• ११ मंसिर २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भूमेको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न




रुकुमपूर्व । भूमे गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ।गाउँपालिकामा भए / गरेका विभिन्न विषयमा केन्द्रित रहेर मंगलबार वडा नम्बर ३ को सिमामा सार्वजनिक सुनवाइ कार्यक्रम गरिएको हो।

गाउँपालिकाले प्रवाह गरेको सेवा, सेवा प्रवाहका क्रममा भएका समस्या र समाधानका विषयमा कार्यक्रम गरिएको हो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देविलाल विकले गाउँपालिकाका सबै शाखाबाट हुने कामलाई अझै प्रभावकारी बनाउन लागि पर्ने बताउनुभयो।

गाउँपालिकाको कार्यालयले प्रवाह गरिरहेको सेवाको सम्बन्धमा सहभागीहरूले उठाएका सवालहरुको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, गाउँपालिका अध्क्षय होम प्रकाश श्रेष्ठ र सम्बधित शाखाका प्रमुखहरूले जवाफ दिनुभएको थियो।

कार्यक्रममा सहभागीहरूले शिक्षा, स्वास्थ्य सडक र खानेपानी, लक्षित वर्गको कार्यक्रम र बजेट लगायतका विषयमा गुनासो राखेका थिए।यसमा अझ बढी शिक्षा क्षेत्रको प्रसंङ्ग जोडताडले उठेको थियो।उक्त सार्वजनिक सुनाई कार्यक्रममा गाउँ गाउँपालिका अध्क्षय होम प्रकाश श्रेष्ठले नागरिकको समस्या र गुनासोहरुको गाउँपालिकाले संम्वोधन गर्दै लैजाने र आगामी दिनमा सबै कुरा बिष्तारै हल गर्दै लैजाने बताउनुभयो।उहाँले आगामि दिनहरुमा योजना बनाएर आउन र पालिकाले दिने सेवाहरू लिन पछि नपर्न आग्रह गर्नुभयो।

कार्यक्रममा वडा नं. ३ का वडाअध्यक्ष प्रशुराम बुढा मगरले वडाको अभिभावक भएकोले आफूले प्रवाह गरेको सेवाको बारेमा तपाईहरूका समस्या गुनासा निर्धक्क राख्न र कमजोरी देखिएमा सच्याउनको लागि खबरदारी गर्न र आगामिदिनहरुमा नागरिकको समस्या र मर्मलाई बुझेर अगाडी बढ्न बताउनुभएको छ।

उक्त सार्वजनिक सुनाई कार्यक्रममा राजनितिक दलका प्रमुख तथा प्रर्तिनिधी,बुद्धीजिवि,वडा वासि ,विभिन्न समुहका प्रतिनिधि, उपभाक्ता समितिका पदधाधिकारी , शिक्षक विद्यार्थी ,गाउँपालिकाका जनप्रर्तीनीधि तथा कर्मचारी र सिटिजन बैङ्कका दशरथ गिरी लगायतको उपस्थीती रहेको थियो भने कार्यक्रको सहजिकरण रेडियो पूर्वी रुकुमका पत्रकार निराजन सिर्पालीले गर्नु भएको थियो।

Facebook Comments