राजपुर। देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष टंक बहादुर विष्ट माथि मंगलबार एक साधुले त्रिशूल प्रहार गरेका छन् ।
राजपुर-६ खयर भट्टी निवासी २० वर्षीय साधु विजय नेपालीले वडा कार्यालयमा पुगेर वडा अध्यक्ष विष्टलाई त्रिशूल प्रहार गरेका हुन् । प्रहरीका अनुसार साधु नेपाली ५ नम्बर वडाको कोरिया गाउँको जंगलमा रहेको बाबाकुटीमा केहि महिना यता बस्दै आएको र उक्त स्थानमा भण्डारा लगाउने भन्ने विषयमा विवाद भएपछि वडा अध्यक्ष विष्ट माथि त्रिशूल प्रहार गरेको बुझिएको छ ।
त्यस्तै वडा अध्यक्ष विष्टको दाहिने कोखामा चोट लागेको र अहिले उपचारका लागि लमही अस्पतालमा भर्ना गरि उपचार भैरहेको छ । यस्तै त्रिशूल प्रहार गर्ने साधु नेपालीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीले जनकारी दिनुभयो।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।