दाङ । बंगलाचुली गाउँपालिका वडा नम्बर -४ तापा टोलका १ सय घरधुरी लाई खानेपानी पुर्याउने लक्ष्यकासाथ सुरु गरिएको ३१ लाखको तापा लिफ्ट खानेपानीको समयमा सम्पन्न गर्न निर्माणका कामलाई तीव्रगति दिइएको छ ।
प्रदेश सरकार र स्थानीय सरकारको बजेटमा रहेको योजना यहीँ असारमा सकिने कामको अहिलेसम्म ७५ प्रतिशत काम सप्पन्न भएको बंगलाचुली गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष डाँस बहादुर डाँगीले जानकारी दिएका छन् ।
बंगलाचुली गाउँपालिका वडा नम्बर ४ स्थित रहेको दरखुला देखि करिब ६ सय मिटर माथी तापा टोललाई लक्ष्यित रहेको योजनामा अहिले सम्म पाइप बिस्तार, ट्याङ्की निर्माण र विद्युतको काम पूरा भैसकेको र अब टोलमा पाइप बिस्तार गर्न बाकी रहेको स्थानीय एंव बंगलाचुली गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य दिपक परियारले बताए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।