• २ कार्तिक २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा उद्यमशीलता विकास तालिम सम्पन्न




घोराही । बंगलाचुलीमा आठ दिने  उद्यमशीलता विकास तालिम सम्पन्न भएको छ । बंगलाचुली गाउँपालिकाको आयोजना तथा नेपाल सरकार  उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा  तालिमको आयोजना गरिएको थियो ।

तालिम समापन कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिकाको उपाध्यक्ष भक्त बहादुर जिसिले   उद्यमशीलता विकास तालिमले सम्भाव्य उद्यमी र उद्यमीको क्षमता अभिवृद्धि भई आर्थिक विकासमा टेवा पु¥याउने बताए । यस प्रकारको तालिमले आर्थिक पक्ष महत्वपूर्ण हुने भएकोले उद्यमशीता विकासमा जोड दिनु उनको विचार थियो ।

तालिममा सिकेका कुरा व्यवहारमा लागु गरी उद्यमशी क्षेत्रमा स्थापित हुन उहाँले प्रशिक्षार्थीलाई उपाध्यक्ष जिसिले शुभकामना समेत दिनुभयो ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत उद्यमशीलता विकास तालिम आयोजना गरिएको  बंगलाचुली गाउँपालिका वडा नम्बर-४ का अध्यक्ष डाँस बहादुर डाँगीले बताए साथै  आफ्नो खुट्टामा आफै उभिन सक्ने हुनुपर्नेमा उनको जोड थियो । वडा अध्यक्ष  डाँगीले अहिल उद्यमशीलता तालिम भयो केहि दिनैमै सीपमुलुक तालिम हुने समेत बताए ।

तालिमका प्रशिक्षकको रूपमा उद्यम बिकास सहजकर्ता बिरेन्द्र चौधरी र अन्जना बस्नेत रहेका थिए भने तालिममा  ३० जनाको सहभागिता रहेको थियोे ।

बंगलाचुली गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष डाँस बहादुर डाँगीको अध्यक्षता तथा बंगलाचुली गाउँपालिकाको उपाध्यक्ष भक्त बहादुर जिसिको प्रमुख अतिथिमा भएकोमा  समापन कार्यक्रममा  बंगलाचुली गाउँपालिकाको  प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल  , प्रशासन शाखा प्रमुख गोपाल केसी लगायतले मन्तव्य राखेका थिए।  कार्यक्रमको सहजीकरण  उद्यम बिकास सहजकर्ता बिरेन्द्र चौधरीले गरेका थिए ।

Facebook Comments