श्रवण कुमार यादव
गढवा। इलाका प्रहरी कार्यालय गढवा दाङमा हालै सरुवा भएर आउनु भएको प्रहरी निरीक्षक कालिका कार्की र देउखुरी क्षेत्रमा कृयाशिल पत्रकारहरुबीच परिचयात्मक कार्यक्रम आज आइतबार सम्पन्न भएको छ ।
उक्त परिचयात्मक कार्यक्रममा गढवा र राजपुर क्षेत्रमा भइरहेका र हुन सक्ने विभिन्न अपराधका घटनाहरुलाई कसरी कमी गर्ने भन्ने विषयमा छलफल भएको थियो ।
शान्ती सूरक्षामा प्रहरीले खेल्नु पर्ने भूमिका र पत्रकारहरुले गर्नु पर्ने सहयोगका बारेमा सल्लाह सुझावहरु गर्दै गढवा इलाका क्षेत्र भित्रमा भए गरेका क्रियाकलापहरुको जानकारी छिटो-छरितो सहजै रुपमा पत्रकारलाई उपलब्ध गराइदिन पत्रकारहरुले अनुरोध समेत गरेका थिए ।
कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कार्कीले गढवा ईलाकामा भएका हरेक घटनाका जानकारी प्रहरीले पत्रकारलाई जतिसक्दो छिटो उपलब्ध गराउने भन्दै पत्रकारहरुले पनि प्रहरी नपुगेको अवस्थामा घटेका घटना तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरेकी छिन् ।
इलाका प्रहरी कार्यालय गढवाको आयोजनामा भएको कार्यक्रममा दुवैतर्फबाट यसमा आवश्यक सल्लाह सुझाव आदानप्रदान गर्ने सम्बन्धि छलफल गरिएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।