• २३ भाद्र २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जातीय पोसाकमा ग्लोबल एकेडेमी




दाङ । दाङकाे घोराही उपमहानगरपालिका – ७ पर्सास्थित ग्लोवल एकेडेमीले संस्कृति संरक्षणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

नेपालको धर्म संस्कार, संस्कृतिको संरक्षण अनिवार्य भएको भन्दै एकेडेमीले विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई आ–आफ्नो जातीय पहिचान सहितको पोसाक लगाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

विद्यालयले प्रत्येक महिनाको १ गते आ-आफ्नो जातीय पोसाक लगाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ । जेठ १ गते पनि एकेडेमीले यो खालको कार्यक्रम गरेको थियो । विद्यालयका प्रधानाध्यापक किरण न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा जातीय पोसाकसहित विभिन्न संस्कृति झल्कने नृत्य प्रस्तुत गरिएको थियो । आ-आफ्नो जातीय पोसाक लगाउँदा शिक्षक, कर्मचारीसहित विद्यार्थीलाई समेत सांस्कृतिक पहिचानबारे जानकारी हुने भएकाले यस खालको कार्यक्रम मासिक रूपमा गर्ने गरिएको एकेडेमीका इसिए कोअर्डिनेटर शशिधर भण्डारीले जानकारी दिए ।

‘सार्थक शिक्षा, सार्थक जीवन, ग्लोवल एकेडेमी’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै विद्यार्थी माझ आफ्नो जातीय पोसाक कुन हो ? कसरी प्रयोग गर्ने र यसले आफ्नो संस्कार जोगाउन सकिने जानकारी दिने उद्देश्यले यो कार्यक्रम आयोजना गर्ने गरिएको विद्यालयले जनाएको छ । साथै कार्यक्रममा थारू, मगर, नेवार, क्षत्री, गुरुङ लगायतका जातीय पोसाकमा विद्यार्थी, शिक्षक तथा कर्मचारी सजिएका थिए ।

 

Facebook Comments