• ११ मंसिर २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
तुलसीपुर उपमहानगरमा शैक्षिक सुधार अभियान




तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका योजना ल्याएको छ ।
उपमहानगर प्रमुख टिकाराम खड्का अनुसार उपमहानगर भित्रका विद्यालयका प्रधानाध्यापक सँग शैक्षिक गुणस्तर बढाउन करार सम्झौता गरिने छ । त्यससैगरी शिक्षकले प्रधानाध्यापक सँग करार सम्झौता गर्नुपर्ने छ ।

सामुदायिक विद्यालयको स्तर खस्कीदै गएपछि शिक्षकलाई जिम्मेवार बनाउन करार सम्झौत गर्न लागिएको हो ।

‘सामुदायिक विद्यालयको स्तर खस्कीदो क्रममा छ ।’ उपमहानगर प्रमुख खड्काले भन्नुभयो,‘त्यसलाई सुधार्न करार सम्झौता गर्न लागेका हौँ ।’ सम्झौतामा शिक्षाको गुणस्तर सुधार्ने प्रतिवद्धता उल्लेख गरिने छ ।

राम्रो नतिजा ल्याउने विद्यालयलाई प्रोत्सहान गर्न सेवासुबिधा थप गरिने उपमहानगरले जनाएको छ । तुलसीपुर उपमहानगरपालिकामा ८३ वटा सामुदायिक विद्यालय छन् ।

Facebook Comments