• १२ श्रावण २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दुर्गानारायण वक्तृत्वकलामा गोरखा माविका आयुष प्रथम




घोराही ।दुर्गानारायण वक्तृत्वकला प्रतियोगितामा गोरखा माध्यमिक विद्यालय घोराहीका आयुष देवकोटा प्रथम भएका छन् ।

त्रिभुवननगर जेसीजको ३९औं स्थापना दिवसको अवसरमा आयोजित ‘संलग्नता, सशक्तीकरण र वृद्धि’ विषयक वक्तृृत्वकला प्रतियोगितामा देवकोटाले २८ जना प्रतिष्पर्धीलाई पछि पार्दै प्रथम हुनुभएको हो ।

प्रतियोगितामा भ्याली टप बोर्डिङ स्कुलकी मार्सलिना रोका द्वितीय, विद्या निलकण्ठ मावि घोराहीका प्रज्वल गौतम तृतीय र भ्याली टप बोर्डिङ स्कुलकी सबिना केसी सान्त्वना हुनुभयो । गोरखा माविले यसअघि पनि प्रथम स्थान हासिल गर्दै शिल्ड जितेको थियो ।

जेसीजको सभा हलमा बुधबार भएको प्रतियोगितामा घोराहीमा रहेका संस्थागत र सामुदायिक विद्यालयका २९ जना छात्रछात्राहरुले सहभागिता रहेको थियो । प्रतियोगिताको निर्णायकमा कमलमणि देवकोटा, उदय जिएम र बाल्मी केसी रहनुभएको थियो ।

त्रिभुवननगर जेसीजका अध्यक्ष रविकिरण केसीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्य एवम् नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर लालमणि भण्डारीको विशिष्ट आतिथ्यमा वक्तृत्वकला प्रतियोगिता गरिएको कार्यक्रम संयोजक बाबुराम पाण्डेले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथी डिसीले व्यक्तिको पहिचान नै व्यक्तिले गर्ने काम र योगदानबाट हुने बताउनुभयो । अहिलेका विद्यार्थीमा पनि व्यक्तित्व र नेतृत्व विकासका लागि उनीहरुमा क्षमता विकास अपरिहार्य रहेको बताउनुभयो ।

व्यक्तित्व र नेतृत्व विकासको क्षेत्रमा जेसीजले गर्दै आएको कामले थुप्रै युवाहरुले विभिन्न क्षेत्रमा आफुलाई स्थापित गर्न सफल भएको बताउनुभउयो । उहाँले जेसीजले थालेको अभियानले युवाहरुमा सकारात्मक सोँचको विकास गर्न टेवा पुगेको भन्दै यसले सभ्य समाज निर्माणमा महत्वपूर्ण भुमिका खेलिरहेको बताउनुभयो । प्रतियोगीताको सहजीकरण जेसिजका महासचिव रमेश घिमिरेले गर्नुभएको थियो । जेसीजले मावि स्तरीय दुर्गानारायण वक्तृत्वकला सन् १९९९ देखि संचालन गर्दै आएको छ ।

Facebook Comments