• १२ श्रावण २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सल्यान घटना : सहाराविहीन बालबालिकालाई दार्मा गाउँपालिकाले ५०/५० हजार दिने




सल्यान । हत्या र आत्महत्या जस्ता जघन्य अपराध समाजमा अहिले बढिरहेका छन् । कतै आत्महत्या त कतै विभिन्न प्रकृतिका हत्या । यस्ता समाचार दिनदिनै सुन्न र देख्न पाइने गरेको छ । यसै क्रममा सल्यानमा एकै हप्तामा यस्ता दुई दुःखद् घटना घटेका छन् ।

घटना -१
गत वैशाख ३० गते बिहान बनगाड कुपिण्डे नगरपालिका, ४ देउलीका ३४ वर्षीय मनोज बढाले श्रीमती ३२ वर्षीया कमलाको हत्या गरी आफूले पनि आत्महत्या गरेका थिए । आमा बुवाको नै मृत्यु भए पछि २ वर्षीया सुस्मिता बुढा, ५ वर्षीय भूपेन्द्र  बुढा र ९ वर्षीय रेशम बुढाको खुशी लुटिनुका साथै अभिभावक बिहिन बनेर टुहुरा बनेका छन् । अहिले उनीहरु आफ्ना हजुरआमासँग बस्दै आइरहेका छन् ।

घटना -२
जेठ १ गते जिल्लाको सिद्ध कुमाख गाउँपालिका , ४ सागिनेका ३२ वर्षीय केशव रानाले श्रीमती २७ वर्षीया केवली रानाको हत्या गरी आफूले पनि आत्महत्या गरेका थिए । केवलीको हत्या पछि १४ दिने शिशु सहित ४ बालबालिका टुहुरा भएका छन् । उनिहरुको तस्वीर त अहिले सामाजिक सञ्जालमा कारुणिक दृश्यका रुपमा छाएको छ । झन १४ दिनको दुधे बालक दृश्यले त सबैका आँखा रसाउन बाध्य बनाएको छ ।

दार्मा गाउँपालिका सल्यानको सहयोग

यी दुबै घटनामा आमाबुवा गुमाएका सल्यान बनगाड कुपिण्डे नगरपालिका र सिद्ध कुमाख गाउँपालिकाका साहारा बिहिन टुहुरा बालबालिकालाई दार्मा गाउँपालिकाले आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर के.सी.अरुणले आज सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो घोषणा गर्नुभएको हो । यसअघि गाउँकार्यपालिका को बैठक बसि यस्तो निर्णय भएको बताईएको छ । अध्यक्ष के.सी. का अनुसार पर्सि अर्थात ४ गते गाउँपालिकाको टोली पिडितकै घरमा पुगेर त्यहाँको स्थानीय सरकारसँग समन्वय गरि राहत प्रदान गरिने भएको छ ।

 

दुबै घटनाका पीडित ७ जना बालबालिकालाई तत्कालका लागि राहतस्वरुप ५०/५० हजार रुपैयाँ र खाद्यन्न दिने निर्णय अध्यक्ष के.सी.ले जानकारी दिनु भयो । उक्त सहयोग दार्मा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले व्यक्तिगत सहयोग गरेको उठेको ६० हजार र ४० हजार स्थानीय विपद् कोषबाट व्यवस्थापन गरिने उहाँको भनाई छ ।

Facebook Comments