• १२ श्रावण २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सन्दीपबारे निर्णय गर्न क्यान बैठक बस्ने




काठमाडौँ । बलात्कारसम्बन्धी मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएसँगै उनलाई टोलीमा समावेश गर्नेबारे नेपाल क्रिकेट संघ (क्यान) ले निर्णय गर्ने तयारी गरेको छ । संघले आज नै बोर्डको बैठक बसेर सन्दीपलाई टी–२० विश्वकप खेल्ने टोलीमा समावेश गर्ने/नगराउने विषयमा निर्णय गर्ने बताएको हो ।

संघका केन्द्रीय सदस्य दुर्गा पाठकले ‘यो विषय हाम्रो प्राथमिकतामा नै थियो । हामी आज नै बोर्ड बैठक राख्छौँ । साँझसम्म यसबारे निर्णय जानकारी गराएका छन्´ ।

आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । विश्वकपमा २० टोलीले सहभागिता जनाउँदै छन् ।

Facebook Comments