• १२ श्रावण २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
निर्माणाधिन वैकल्पिक सडक ओखलढुङ्गीमा उपाध्यक्ष जिसिद्वारा अनुगमन




दाङ ।बंगलाचुली गाउँपालिकाको निर्माणाधिन सडक खण्डमा पर्ने ओखलढुङ्गीमा मंगलबार अनुगन गरिएको छ । बंगलाचुली गाउँपालिका वडा नं.४ स्थित ओखलढुङ्गि क्षेत्रमा रहेको करिब २ सय ५० मिटर सडक खण्डमा पर्ने कडा चट्टान फोर्ने काम सुरु भएपछि सो कामको कार्यप्रगतिको अवस्था बुझ्न बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर जिसिले अनुगमन गरिएको हो ।

बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जि.सी,वडा नम्वर ४ का अध्यक्ष डाँस बहादुर डाँगी स्थानीय शिक्षक झबिन्द्र पुन लगाएतको टोलीले ओखलढुङ्गी क्षेत्रको अनुगमन गरेको हो ।

बंगलाचुली गाउँपालिकाले वैकल्पिक औद्योगिक पहुँच मार्गका लागि जौँलेबाँद-ओखलढुङ्गी-अर्जा-वाक्सीपाखा-गहतेरा-सुकाखोला जोड्ने बैकल्पिक सडकको रुपमा यस सडकलाई विशेष प्रथमिकता दिएर निर्माण गर्दै छ ।

Facebook Comments