• १२ श्रावण २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बहुनीपाटा सामुदायिक स्वास्थ्य ईकाइ भवनको प्रदेश संसद थारुद्वारा उद्घाटन




तुल बहादुर कवँर मगर 

देउखुरी । राप्ती गाउँपालिका वडा नम्बर २ बाहुनीपाटामा सामुदायिक स्वास्थ्य ईकाइ भवनको मंगलबार उद्घाटन गरिएको छ।

भवनकाे पूर्वमन्त्री तथा लुम्बिनी प्रदेश संसद इन्द्रजित थारुले उद्घाटन गर्नुभएको हाे। भवन उद्घाटन गर्दै संसद थारुले मानव जीवनको सबैभन्दा महत्त्वपूर्ण पक्ष स्वास्थ्य भएको बताउदै विकट गाउँहरुमा स्वास्थ्यसेवा पुर्‍याउनु सरकारको दायित्व भएको बताउनुभयाे।

नागरिकहरु स्वस्थ्य नभए सम्म घर, समाज र देशको विकास सम्भव नहुने बताउदै संसद थारुले स्वास्थ रहन खानपिन, जीवनशैली सँगै समयसमयमा स्वास्थ्य चेकजाँच गराउन समेत आवश्यक रहेको बताउनुभयाे ।

त्यस्तै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले पछिल्लो समय गाउँपालिकाले स्वास्थ्य सेवाको पहुँच नपुगेका विकट गाउँहरुमा स्वास्थ्यकाे पहुँच पुर्‍याउने उदेश्य सहित स्वास्थ्य इकाईहरुकाे स्थापन गरेको बताउनुभयो । भाैतिक संरचना भन्दा पनि त्यहाँ बाट प्रवाह हुने सेवा कस्तो छ भन्ने कुराले ठुलो अर्थ राख्ने बताउदै अध्यक्ष विष्टले गुणस्तरीय र नि:शुल्क स्वास्थ्य सेवा प्रवाहमा गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयाे ।

राप्ती गाउँपालिकाको १० लाख र जनश्रमदान मार्फत १ लाख ७३ हजार १ सय ३५ रुपैयाँ गरि कुल ११ लाख ४३ हजार १ सय ३५ रुपैयाँ लागतमा भवन निमार्ण भएको हाे।भने वडा कार्यालयकाे १ लाख रुपैयाँ लागतमा शाैचालय निर्माण गरिएको छ।

स्वास्थ्य इकाई निर्माण भई सञ्चालनमा आए सँगै साे क्षेत्रका मानिसहरुलाई सामान्य बिरामी हुदा समेत भालुवाङ्ग लगायत अन्य ठाउँका अस्पतालहरुमा जानुपर्ने बाध्यताकाे अन्त्य भएको छ।

स्वास्थ्य इकाई बाट दैनिक बिरामी चेकजाँच, परिवार नियाेजन सेवा,पाेषण सेवा,क्षयरोग उपचार सेवा, गर्भवती चेकजाँच तथा खाेप सेवा प्रदान सँगै नेपाल सरकारद्धारा उपलब्ध गराईने ९८ किसिमका औषधी नि:शुल्क प्रदान गरिने राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिनुभयाे ।

साे अवसरमा जग्गा दाता गाेपीराम बुढा मगरलाई समेत सम्मान गरिएको थियोे ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता तथा लुम्बिनी प्रदेश संसद इन्द्रजित थारुकाे प्रमुख आतिथ्यता एवम् गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरी र प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर ओलीकाे विशिष्ट आतिथ्यतामा भवनको उद्घाटन गरिएको हाे।

भवन उद्वाटन कार्यक्रममा जनप्रतिनिधि,स्वास्थ्यकर्मी,
समाजसेवी लगायत स्थानीयबासीहरुकाे उल्लेख्य सहभागीता रहेको थियोे ।

राप्ती गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष तथा पालिकाका प्रवक्ता पहलवान चाैधरीको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण हेल्थ असिस्टेन्ट पद प्रसाद पाैडेलले गर्नु भएको थियो ।
गाउँपालिकामा २ स्वास्थ्य चाैकी सहित ४ वटा आधारभूत स्वास्थ्य केन्द्र,५ वटामा सामुदायिक स्वास्थ्य इकाई,१९ वटा गाउँघर किल्निक र १५ वटा खाेप केन्द्र सञ्चालनमा रहेका छन् ।

Facebook Comments