• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा इन्टर स्कूल क्रिकेट प्रतियोगिता हुँदै




दाङ। दाङमा इन्टर स्कूल क्रिकेट प्रतियोगिता जेठ १५ गतेदेखि घोराहीको गुलरिया क्रिकेट मैदानमा हुने भएको छ । घोराही टाइगर्स क्रिकेट क्लबले दिवंगत खेलाडी प्रभाकर चन्द ठकुरीको सम्झनामा उक्त प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा जिल्लाका भरिका कलेजहरुले सहभागिता हुन पाउने समेत आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको बिजेताले नगद रु. ४० हजार र ट्रफी, मेडल र प्रमाणपत्र तथा उप बिजेताले नगद रु. २० हजार र ट्रफी, मेडल र प्रमाणपत्र साथै बेष्ट बलर, बेष्ट व्याट्सम्यान, सिरिज र उदीयमान खेलाडीलाई समेत नगद पुरस्कार रहेको खेल संयोजक विषम थापाले जानकारी दिएका छन् ।

टिम दर्ता जेठ १२ गते सम्म गरि पर्ने साथै टिम दर्ता शुल्क ५ हजार लाग्ने र फोन बाट दर्ता गर्ने समेत सकिने छ । टिम दर्ता एंव थप जानकारीका लागि खेल संयोजक थापाको सम्पर्क नम्बर ९८१२८५९७०९ रहेको छ ।

Facebook Comments