• २३ भाद्र २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सनलाइट कम्प्युटरद्वारा उत्तीर्ण विद्यार्थीलाई प्रमाणपत्र विवरण




घोराही। सनलाइट कम्प्युटर इन्ष्टिच्युटले सञ्चालन गरेको कम्प्यूटर तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । राइटस्टेप एजुकेशन एकेडेमी प्रालि द्वारा सञ्चालित प्रोफेसनल डिप्लोमा र्यन कम्प्यूटर एप्लिकेशन अन्तर्गत १ बर्षे कोर्षमा २०७९/ ०८० मा अध्ययन गरी उत्तिर्ण भएका छात्रछात्राहरुलाई एक कार्यक्रमको आयोजना गरि प्रमाणपत्र वितरण गरिएको हो ।

सनलाईट कम्प्यूटर ईन्ष्टिच्यूटका सञ्चालक प्रमिला डाँगीको अध्यक्षता घोराही उपमहानगरपालिका वडा नं १५ का वडाअध्यक्ष रमेशकुमार पाण्डेको प्रमुख आतिथ्य तथा नेपाल पत्रकार महासंघ दाङ शाखाका सचिव आर.के.शीतलको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा यस बर्ष उत्कृष्ट अंक ल्याई प्रथम हुने सिम्रन बस्नेत, द्वितीय हृदगृहा शर्मा र तृतीय रञ्जिता चौधरी लगायत उत्तिर्ण हुने सबैलाई प्रमाणपत्र वितरण गरिएको थियो । साथै नवप्रवेशी विद्यार्थीहरुलाई पनि कार्यक्रममा स्वागत गरिएको थियो । कार्यक्रममा सहभागी विद्यार्थीहरुले आफ्ना विभिन्न सांस्कृतिक तथा साहित्यिक कलाहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेले युवाशक्तिहरु विदेश पलायन हुने समस्याले गर्दा देशमा बृद्धाहरुको मात्र बसोबास हुने चुनौती भविष्यमा रहेको हुँदा नेतृत्वकर्ताहरुमा मात्र भर नपरी हरेक युवाहरु आ–आफ्नो क्षेत्रबाट स्वतः स्फूर्त आयआर्जनको मार्गमा लाग्नुपर्ने बताउनुभयो । वडाबाट हुने विभिन्न सिपमुलक तालिममा युवाहरुको न्युनतम सहभागिता हुँदा प्रभावकारी हुन नसकेको उहाँको भनाई थियो । युवाहरुमा सीप सिक्नलाई सानो ठुलो र लाज मान्ने प्रवृत्तिले देश कहिलेपनि विकास हुन नसक्ने भएकोले सिपमूलक तालिमहरु लिइ रोजगारीमा बृद्धि भएमा मात्र देशमा आर्थिक उन्नति हुने पाण्डेले बताउनुभयो ।

कार्यक्रका बिशिष्ट अतिथि नेपाल पत्रकार महासंघ दाङका सचिव आर.के.शीतलले एक बर्षसम्म सिकेको सीपलाई सदुपयोग गर्न सक्नु सबैभन्दा ठुलो चुनौति भएको हुँदा सहभागी सम्पूर्ण युवाहरलाई सीपलाई कार्यान्वयनमा ल्याउन अनुरोध गर्नुभयो । यसरी छात्रवृत्ति प्रदान गरी सीप सिक्न पाउनु अति नै उत्तमे कार्य भएको हुँदा व्यवहारिक रुपमा काम लाग्ने गरी सीप आर्जन गर्न जरुरी भएको जानकारी गराउनुभएको थियो ।

सनलाईन कम्प्यूटर इन्ष्टिच्युटले विद्यार्थिहरुलाई सहुलियत हुने गरी तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने गरि विगत १४ बर्षदेखि निरन्तर सिपमूलक कम्प्युटरका विभिन्न तालिमहरु, लोकसेवाका तयारी कक्षाहरु तथा विभिन्न भाषा कक्षाहरु सञ्चालन गर्दै आएको छ । देशभरीका करिब ५६ भन्दा बढी स्थानहरुमा हरेक बर्ष दलित, अपांङ्ग, पिछडियको क्षेत्र तथा जेहेन्दार छात्रछात्राहरुलाई छात्रबृत्ति परीक्षा सञ्चालन गरी उत्तिर्ण भएका विद्यार्थीहरुलाई हरेक बर्ष एक बर्षे कम्प्युटर कोर्ष सञ्चालन हुँदै आएको छ ।

 

Facebook Comments