• ११ मंसिर २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पुराना इनार तथा कुवाको संरक्षणमा जुट्दै




तुल बहादुर कवँर मगर
देउखुरी । राप्ती गाउँपालिका वडा नं.४ खिनैटा निवासी सुन्दरकली चाैधरी ७२ वर्षकी हुनुभयो । उहाँले जन्मेदेखि जीवनकाे उत्तरार्ध सम्म गाउँमै रहेको इनारकाे पानी पिउदै आउनुभयो ।

तर पछि आधुनिक समाजको विकास सँगै गाउँका अधिकांश घरहरुमा चापाकल र धाराकाे प्रयोग बढ्दै गयो । पिउनकाे लागि इनारकाे पानी कम प्रयोग हुन थाल्यो र त्यसको संरक्षणमा समेत स्थानीयकाे ध्यान जान छाेड्याे ।

सयौं वर्षाैं अघि बनाइएका ती इनार तथा कुवाहरु विस्तारै जीर्ण हुँदै गई लाेप हुने अवस्थामा पुग्यो । त्यसैले त्यस्ता इनार तथा कुवा संरक्षण गर्न राप्ती गाउँपालिकाकाे ४ नम्बर वडा कार्यालय जुटेको छ।

वडाले आर्थिक वर्ष २०८०/८१ मा करिब २ लाख रुपैयाँ बजेट विनियोजन गरि खिनैटा र जनकपुर गाउँमा रहेका २ वटा पुराना इनार तथा कुवा मर्मत तथा संरक्षण गरेको राप्ती गाउँपालिका वडा नं.४ का वडाअध्यक्ष वीर बहादुर चाैधरीले जानकारी दिनुभयो।

‘सैयौं वर्षदेखि इनारको पानी खाइरहेको अवस्था हो । अहिले आधुनिक रुपमा आइसकेपछि धारा वितरण गर्न थालियो । पुराना इनारहरु नासिदै जान थाले । हामीले हाम्रो कला संस्कृति, सम्पदा पुस्तान्तरण गर्ने पनि भनिरहेका छौं । त्यसैको एउटा रुप यो पनि हो’– वडाध्यक्ष चौधरीले भन्नुभयो– ‘वडा नं. ४ मा मात्रै १३ वटा गाउँ छन् । हरेक गाउँमा एउटा÷दुईवटा इनार अनिवार्य थिए । अहिले ती इनारहरु पुरिन थाले । अब हामीले यी सम्पदाको संरक्षण गर्नुपर्छ भन्ने मान्यता राखेका छौं ।´

उहाँका अनुसार अहिले उक्त इनार तथा कुवाहरुमा ट्रष्ट निर्माण गरि टिन तथा तार जाली लगाई संरक्षण गरिएको छ।

ईनार तथा कुवाकाे मर्मत तथा संरक्षण गरिए पछि स्थानीयले पुन विभिन्न घरायसी काममा पानीको प्रयोग गर्न थालेका छन्।

Facebook Comments