• १२ श्रावण २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रोहित अधिकारी र अनमाेल केसिकाे फर्किफर्कि जेठ १० बाट प्रर्दशनमा आउदै




दाङ  । दाङका चर्चित सिने मेकर रोहित अधिकारीले पछिल्लाे समय निर्माण गरेकाे नेपालि कथानक चलचित्र फर्कि फर्कि यहि जेठ १० गते बाट नेपाल र नेपाल बाहिर विश्वभर एकसाथ प्रदर्शनमा आउन लागेको छ ।

दाङ स्थायि घर भएका रोहित अधिकारीले निर्माण गरेकाे तेस्रो चलचित्रको रुपमा फर्कि फर्कि आउन लागेको हो । फर्की फर्की“ एक सिनेमेटिक अनुभव बन्न तयार छ जुन यसको आकर्षक प्रेमकथा र प्रतिभाशाली कलाकारहरूको अब्बल अभिनयकाे साथ प्रदर्शनको तयारीमा रहेको छ । चलचित्र छायांकन चरणमा प्रवेश गर्दादेखिनै चर्चाकाे बिषय बनेकाे सिनेमा यस बर्षकाे बहुप्रतिक्षित चलचित्र हाे जस्ले दर्शकहरूको हृदयमा विशेष छाप छोड्नेमा निर्माण टिम विश्वस्त छ।

नेपाली सिने क्षेत्रका मेघास्टारका रूपमा परिचय बनाएका नायक अनमोल केसी र नायिका जसिता गुरुङको नयाँ जोडी निकै नै आकर्षक र सुन्दर देखिएका छन सँगै नया प्रस्तुतिकाे रूपमा रवि काफ्ले र समृद्धि अर्याल पनि मुख्य भूमिकामा रहेका छन । यसकाे निर्देशन ख्यातिप्राप्त निर्देशक सुयोग गुरुङले गरेका हुन् जो ‘फर्की फर्की’का लेखक पनि हुन् । ओएसआर डिजिटलको सहकार्यमा रोहित अधिकारी फिल्म्सको ब्यानरमा निर्माण भएको यस सिनेमालाई ओमप्रकाश अग्रवालले निर्माण गरेका हुन् भने कार्यकारी निर्मातामा मोती कार्की र अनि रुद्र गिरी रहेका छन् । चलचित्रका एसाेसियट प्राेड्युसर पनि दाङकै स्थानिय अरूण रिजाल हुन।

घोराहि दाङ स्थायि घर भएका फिल्म निर्माता रोहित अधिकारीका यो भन्दा अगाडिका २ फिल्म गाजलु र छ माया छपक्कै एक पछि अर्को सुपरहिट भएका थिए भने यो फिल्म फर्कि फर्कि बाट हिटकाे ह्याट्रिक हुने बिश्वास निर्माता अधिकारिकाे छ। फर्कि फर्किको ट्रेलर हालसम्म युट्युवमा ३ मिलियन दर्शकले हेरीसकेका छन । यस चलचित्र फर्कि फर्किकाे उपत्यका बाहिर बितरणको जिम्मा भने कुवेर सिने डिष्ट्रिब्युसनले लिएको छ । दाङकाे भिएफएक्स फिल्म हल ,स्वर्गद्वारि फिल्म हल र मनकासि शिनेप्लेक्स मा प्रदशर्णमा आउन लागेकाे हाे ।

Facebook Comments