• १२ श्रावण २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लामो समयदेखि व्यवसायिक र सामाजिक  क्षेत्रमा सक्रिय भण्डारी




तुलसिपुर। दाङको व्यवसायिक क्षेत्रको एक सफल व्यवसायीको नाम हो दिपेस भण्डारी । व्यवसायिक क्षेत्रमा विगत लामो समयदेखी लागिपरेका भण्डारि सफल व्यवसायीको रुपमा परिचित छन्  ।

सल्यान जिल्लामा वि.स २०४२ सालमा जन्मीएका भण्डारी तुलसिपुरका स्थायी बासिन्दा हुन् । विगत १२ बर्षदेखी दाङको व्यवसायिक क्षेत्रमा क्रियाशील भण्डारी विभिन्न सामाजिक संघसंस्थामा क्रियाशील हुनुहुन्छ । भण्डारीको अम्बिकेश्वरि अटो मार्ट (होन्डा स्वरुम) मुख्य ब्यबसाय हो। यस्तै तुलसिपुर नगर जेसिजका पुर्ब अध्यक्ष भैसक्नु भएका भण्डारी रोटरी क्लबका हालको कोषाध्यक्ष तथा हालका तुलसीपुर उध्योग बाणिज्य संघका कार्यसमिति सदस्य हुनु हुन्छ ।

लामो समयदेखी व्यवसायिक र सामाजिक कार्यमा क्रियाशील भण्डारि यही बैशाख २९ गते हुने तुलसिपुर उद्योग वाणिज्य संघको निर्वाचनकालागी सह-कोषाध्यक्ष पदको उमेद्वार बन्नुभएको छ ।
बिनिल के.सि को नेतृत्वमा रहेको व्यवसायी प्यानलको तर्फबाट सह-कोषाध्यक्ष पदको उमेद्वार बन्नुभएका भण्डारी बिजयी हुनेमा ढुक्क हुनुहुन्छ ।

मिजासिलो स्वभावका भण्डारी सबैमाझ लोकप्रीय हुनुहुन्छ । व्यवसायिक कुशलता र सामाजिक कार्यमा क्रियाशील रहेकाले आफू सम्पूर्ण उद्योगी व्यवसायी मतदाताहरुको रोजाईमा परेकाले आफू बिजयी हुने भण्डारीले दाबी गर्नुभयो ।

सम्पूर्ण उद्योगी व्यवसायी मतदाताहरुको माया र मतले म बिजयी हुनेमा आत्मविश्वस्त छु’ उनले भने– ‘मेरो विश्वासलाई मर्न नदिनकालागी सम्पूर्ण उद्योगी व्यवसायी मतदाता ज्यूहरुलाई बिनिल के.सिको प्यनललाई मतदान गर्न हार्दिक अनुरोध गर्दछु ।’

Facebook Comments