• १२ श्रावण २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती -६ मा प्राङ्गारिक मल उत्पादन सुरु




तुल बहादुर कवँर मगर
देउखुरी । दाङकाे राप्ती गाउँपालिका वडा नं.६ पत्थरगढवामा सामुहिक प्राङ्गारिक मल उत्पादन सुरु भएको छ। वडाले हालै श्रमिक सहकारी संस्था लिमिटेड स्थापना गरि साे मल उत्पादनकाे काम अघि बढाइएको हाे।

मल उत्पादन गर्नका लागि वडाले आर्थिक वर्ष २०८०/८१ मा दश लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
उक्त रकम बाट मल बनाउने मेसिन खरिद तथा
सहकारी संस्थाका सदस्यहरुलाई तालिम प्रदान गरिएको राप्ती गाउँपालिका वडा नं.६ का वडा अध्यक्ष दिपक कुमार चाैधरीले जानकारी दिनुभयो ।

प्राङ्गारिक मल उत्पादनले अन्न बालीमा रासायनिक मलकाे प्रयोगमा कमी ल्याउनुका साथै स्थानीय श्रमिकहरुलाई राेजगारीमा समेत जाेड्न सकिने अध्यक्ष चाैधरीकाे विश्वास रहेको छ।

गाई भैंसीको गाेठे मल बाट प्राङ्गारिक मल बनाई लेबलिङ र प्याकेजिङकाे काम समेत भई सकेको सहकारी संस्थाका अध्यक्ष गणेश चाैधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार मलकाे प्रति केजी ७५ रुपैयाँ मूल्य निर्धारण गरिएको छ।एक कठ्ठा जग्गामा करिब २० केजी मल आवश्यक पर्ने र त्यसबाट उत्पादनमा समेत वृद्धि हुने चाैधरीकाे भनाइ छ।

अहिले मल उत्पादनको सुरुवाती चरण भएकाले बिस्तारै त्यसको गुणस्तरीयतामा सुधार गर्दै जाने संस्थाले बताएको छ। संस्थामा १८ जना श्रमिक सदस्यहरु आवद्ध रहेका छन्।उनीहरू आफैं मल उत्पादन कार्यमा सहभागी हुने गरेका छन्।

यसैबीच बुधबार वडाले श्रमिक सहकारी संस्था उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।

राप्ती गाउँपालिका वडा नं.६ का वडा अध्यक्ष दिपक कुमार चाैधरीकाे अध्यक्षता एवम् पुर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीको प्रमुख आतिथ्यता र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको विशिष्ट आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम बाेल्दै प्रतिनिधिसभा सदस्य मेटमणि चौधरी प्राङ्गारिक मल उत्पादनले राज्यको अरबाै रुपैयाँ रकम बचत हुने बताउनुभयाे।

वर्षेनी विदेशबाट रासायनिक मल आयात गर्दा राज्यको अरबाै रुपैयाँ बाहिरी रहेको बतादै प्रतिनिधिसभा सदस्य चाैधरीले त्यसलाई राेक्न र अर्गानिक उत्पादनलाई प्राेत्साहन गर्न प्राङ्गारिक मल उत्पादनकाे आवश्यकता रहेको बताउनुभयो ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले पछिल्लो समय रासायनिक मलकाे बढ्दाे प्रयोग भई रहेको प्रति चिन्ता व्यक्त गर्दै त्यसबाट उत्पादित बस्तुहरु सेवन गर्दा विभिन्न किसिम नसर्ने राेगहरु लाग्ने बताउनुभयो ।

उहाँले प्राङ्गारिक मलकाे प्रयोगले माटाेकाे उत्पादकत्व वृद्धि मात्रै नभई त्यसबाट उत्पादित बस्तु सेवन गर्दा मानव जीवनमा फाइदा समेत पुग्ने बताउनुभयो ।

कार्यक्रममा राप्ती गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष देव प्रसाद चाैधरी,वडा नं.७ का वडा अध्यक्ष सिताराम चाैधरी, वडा नं.६ का वडा सदस्य बलिराम चाैधरी,गीता चाैधरी,सावित्री परियार,राष्ट्रिय युवा परिषद्का सदस्य तथा मल उत्पादन कार्यका सहजकर्ता सन्दिप सापकोटा,विभिन्न टाेल विकास संस्थाका अध्यक्ष लगायत स्थानीयहरुकाे सहभागीता रहेको थियो ।

सहकारी संस्थाकि सदस्य राम कुमारी चाैधरीकाे स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमकाे सहजीकरण वडा सचिव सन्जिता पाैडेलले गर्नु भएको थियो ।

Facebook Comments