• २७ फाल्गुन २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्ती-९ मा दलित महिलाहरुका लागि २ महिने नि:शुल्क कटाई सिलाई तालिम सुरु




तुल बहादुर कवँर मगर

देउखुरी । दाङ – देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ९ तल्लो घाेसखाेलाका दलित महिलाहरुलाई २ महिने नि:शुल्क कटाई सिलाई तालिम दिन सुरु गरिएको छ।
राप्ती गाउँपालिकाकाे आर्थिक सहयोग तथा दलित सञ्जाल राप्तीकाे आयोजनामा तालिम दिन सुरु गरिएको हाे।

‘सीप सिकौँ, स्वरोजगार बनौँ’ भन्ने मूल नाराका साथ गाउँपालिकाले दलित सञ्जाल सँग समन्वय गरेर दलित महिलाहरुलाई आयआर्जन सँग जाेड्ने उदेश्यले तालिम दिन सुरु गरिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो।

१४ जना दलित महिलाहरुकाे सहभागीता रहेको तालिमकाे प्रशिक्षकमा तारा परियार रहनु भएको छ।

तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई तालिम पछि सिलाई मेसिन समेत प्रदान गरिने दलित सञ्जाल राप्तीका अध्यक्ष ठगेन्द्र परियारले जानकारी दिनुभयो ।

यसैबीच एक कार्यक्रमकाे आयोजना गरि साेमबार तालिमको उद्वाटन गरिएको छ।

दलित सञ्जाल राप्तीका अध्यक्ष ठगेन्द्र परियारकाे अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आथित्यता एवम् प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर ओलीकाे विशिष्ट आतिथ्यतामा तालिम उद्घाटन गरिएको हाे।

उक्त कार्यक्रममा राप्ती गाउँपालिका कार्यपालिका सदस्य रण बहादुर पुजाली सार्की,वडा नम्बर ९ कि वडा सदस्य तारा विक,बाल प्रगति प्राथमिक विद्यालय तल्लो घाेसखाेलाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु कवर ,प्रधानाध्यापक गाेविन्द चाैधरी लगायत दलित सञ्जालका पदाधिकारीहरुकाे सहभागीता रहेको थियो ।

सञ्जालकी सहसचिव गंगा सुनारको स्वागत मन्तव्यबाट सुरु भएको उक्तकार्यक्रमकाे सहजीकरण सचिव रामकृष्ण सुन्दासले गर्नुभएको थियो ।

Facebook Comments