• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती गाउँपालिकाद्वारा विपन्न युवा तथा महिलालाई उद्यमशीलता तालिम दिन सुरु




तुल बहादुर कवँर मगर
देउखुरी । दाङ – देउखुरीकाे राप्ती गाउँपालिकाले विपन्न युवा तथा महिलालाई उद्यमशीलता तालिम दिन सुरु गरेको छ।

उद्यमशिलता र आर्थिक विकासका लागि विपन्न युवा तथा महिलाका सीप विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाले विभिन्न वडामा विभिन्न प्रकारका सीप विकास तालिम दिन सुरु गरेको हाे।

साेमबार वडा नम्बर ३ काे खुरुरीयामा २ महिने कटाई सिलाई तालिम र वडा नम्बर ८ काे पिपरीमा एक हप्ते सावुन तथा धुप निर्माण सम्बन्धी तालिम सुरु भएको छ।

तालिमको उद्वघाटन गर्दै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सीपले मानिसलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने बताउनुभयो।

पछिल्लो चरण युवा पुस्ताहरु राेजगारीकाे सिलसिलामा विदेश पलायन हुने क्रम बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष विष्टले त्यस्ता युवाहरुलाई सीप विकास तालिम प्रदान गरी स्वदेशमै स्वराेजगार बनाउने उदेश्यले पालिकाले यस प्रकारको तालिम सञ्चालन गरेको बताउनुभयो।

त्यस्तै उहाँले सीप सिकेर कुनै व्यवसाय तथा उद्धम गर्न चाहाने युवा तथा महिलाहरुलाई पालिकाले बीउ पुजीकाे रुपमा केही रकम अनुदान समेत दिने बताउनुभयो ।

राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीले विगतमा पनि पालिकाले विभिन्न प्रकारका तालिमहरु सञ्चालन गरेकाे बताउदै तालिमलाई तालिममा मात्रै सिमित नराख्न सहभागीहरुलाई आग्रह गर्नुभयो।

त्यस्तै उपाध्यक्ष चाैधरीले सीप विकास तालिम लिई कुनै वस्तु उत्पादन गरे त्यस्तो वस्तुहरुकाे पालिकाले बजारीकरणमा सहयोग गर्ने बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर ओलीले गाउँपालिकाले सीप विकासमा थुप्रै लगानी गरेर विपन्न युवा तथा महिलाहरुलाई आत्मनिर्भर बनाउन खाेजेकाे बताउँदै सीप सिक्ने अनि छाड्ने गर्न नहुने बताउनुभयाे।

त्यस्तै उहाँले सीप सिकेर दिर्घकालिन फाइदा हुने हुदा तालिम लिएर व्यवसायमा परिणत गर्न सहभागीहरुलाई आग्रह गर्नुभयो।

गाउँपालिकाले विभिन्न सीप विकास तालिमको लागि सूचना मार्फत प्रस्ताव माग गरेकोमा १ सय १९ जना व्यक्ति एवम् समूहले मात्रै प्रस्ताव पेश गरेको गाउँपालिकाकी उद्धम विकास शाखा प्रमुख बिनिता चाैधरीले जानकारी दिनुभयो ।

उहाँहरुलाई प्रस्ताव पेश गरेको आधारमा विभिन्न तालिमहरु प्रदान गरिने शाखा प्रमुख चाैधरीले बताउनुभयो।

खुरुरीयामा १५ जना महिलाहरु सहभागी भएको कटाई सिलाई तालिमकाे प्रशिक्षकमा साेनी चाैधरी रहनु भएको छ भने १३ जना सहभागी पिपरीमा सञ्चालन भएको साबुन तथा धुप उत्पादन गर्ने तालिमकाे प्रशिक्षकमा सुस्मिता थापा मगर र सहायक प्रशिक्षकमा नन्दी थापा रहनु भएको छ।

तालिम उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिका वडा नं.८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ ,वडा नं.३ कि कार्यबाहक अध्यक्ष चम्फा भुसाल, जिल्ला समन्वय समिति सदस्य दुर्पती चाैधरी, प्रशिक्षक सुस्मिता थापा मगर लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो भने वडा सदस्य दयाराम चाैधरी,गाउँपालिकाका प्रशासन शाखा प्रमुख विकास ज्ञवाली,उद्धम विकास शाखा प्रमुख बिनिता चाैधरी,उद्धम विकास सहजकर्ता अमिता चाैधरी लगायतको सहभागीता रहेको थियो ।

पालिकाले यस अघि वडा नं.८ मै गार्मेन्ट सम्बन्धी ३ महिने एड्भान्स तथा डिजाइनिङ सीप विकास तालिम सुरु गरि सकेको छ भने केही दिनमै अन्य वडाहरुमा पनि अन्य तालिम सञ्चालन गर्ने बताएकाे छ।

Facebook Comments