• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
क्षमता विकास सम्बन्धी तालिम सुरु




रोल्पा । रुन्टीगढी गाउँपालिकाको आर्थिक वर्ष २०८०।८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जन प्रतिनिधीहरुका लागि क्षमता विकास तालिम सुरु भएको छ ।

गाउँपालिका भित्रका जनप्रतिनिधीहरुलाइ दक्ष काम कर्तव्यमा निस्थावान तथा क्षमतावान बनाउने उदेश्यका साथ क्षमता विकास तालिम आयोजना गरिएको हो । रुन्टीगढी गाउँपालिकाको सहर्काय एंवम महिला सरोकार मञ्च नेपालको आयोजनामा तालिम संचालन गरिएको हो ।

बैशाख २४ बाट सुरु भएको तालिम बैशाख २६ गते सम्म संचालन हुने भएको छ । तालिम सम्पुर्ण वडाका वडा सदस्य सहित सम्पुर्ण जनप्रतिनिधी त्यस्तै गाउँपालिकाका कार्यपालिका सदस्य सहित सम्र्पुण जनप्रतिनिधीको सहभागिता रहेको छ । तीन दिन सम्म संचालन हुने तालिमको प्रशिक्षण बरिष्ठ प्रशिक्षक योगराज गाउले र सुमित्र अधिकारी रहनु हुने भएको छ ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेमन्त डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको तालिम गाउँपालिका अध्यक्ष जनक पुनको अध्यक्षतामा भएको थियो ।

 

Facebook Comments