• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुन्टीगढीमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रर्वद्धनसम्बन्धी पालिकास्तरीय अन्तरक्रिया




होलेरी । रोल्पामा “सदाचार, निष्पक्षता, निर्भीकता” “भ्रष्टाचार विरुद्धको सहकार्य सुशासनको लागि अपरिहार्य” भन्ने नाराको साथमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रर्वद्धन सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलकोे सम्र्पक कार्यालय नेपालगञ्जको आयोजनामा भएको कार्यक्रम रुन्टीगढी गाउँपालिकाको सभाहलमा भएको हो ।

कार्यक्रममा भ्रष्टाचार भनेको के हो, हुन नदिन के गर्ने, के गर्दा भ्रष्टाचार हुदैन, भ्रष्टाचार कसरी हुन्छ, भ्रष्टाचार भएको कसरी थाहा पाउने, भ्रष्टाचार भएको थाहा पाए के गर्ने, कसरी उजुरी दिने,कस्तो कस्तो काम भएमा भ्रष्टाचार हुन्छ भन्ने बारेमा छलफल भएको थियो । भ्रष्टाचार गरिहाले कस्तो कार्बाही हुन्छ, भ्रष्टाचार नभएको तर गलत सुचना दिएमा के हुन्छ भन्ने बारेमा पनि जानकारी गराइएको थियो ।

रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रमामा अध्यक्ष पुनले काम गर्ने क्रममा गल्ती तथा कमजोरी जानेर या नजानेर हुने हुँदा नजानेर भएको गल्तीलाई भ्रष्टाचार भन्न नमिल्ने कुरा समेत उल्लेख गर्नुभयो । त्यस्तै संसारमा भ्रष्टाचार नभएको कुनै पनि मुलुक नभएको हुँदा यसलाई पूर्णरुपमा नियन्त्रण गर्न सकिने अवस्था नभएको तर यसलाई न्यूनिकरण गर्न सकिने अवस्था भएको हुँदा भ्रष्टाचार म गर्दैन अरुलाई पनि गर्न दिन्न भन्ने हेतुले लागियो भने न्यूनिकरण गर्न सकिने बताउनुभयो ।

त्यसै गरि कार्यक्रमको अध्यक्षता गर्नु भएका अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवल सम्र्पक कार्यालय नेपालगञ्जका प्रमुख गणेश बहादुर अधिकारीले कुन कार्य भ्रष्टाचार सम्बन्धी कार्य पर्छ भनेर एकिन गर्न समेत आग्रह गर्नुभयो । तर कसैसँग रिस राखेर अरुलाई सकाउछु भनेर भ्रष्टाचार नठहरीने काय उजुरी दिदा उजुरी दिने व्यक्तिलाई पनि अप्ठेरो पर्ने हुँदा सजक भएर उजुरी दिन पनि सुझाब दिनुभयो । यदि भ्रष्टाचार भएको देख्नु भयो भने १०७ मा खबर गर्दिन समेत अनुरोध गर्नुभयो भने भ्रष्टाचार नियन्त्रण गर्नु हामी सबैको दायीत्व भएको हुँदा सबै आ आफ्नो ठाउँबाट लाग्न समेत पनि आग्रह गर्नुभयो ।

Facebook Comments