• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गुरुकुल एकेडेमी तुलसीपुर र लमहीका विद्यार्थीहरुको स्वास्थ्य परीक्षण




दाङ । गुरुकुल एकेडेमी तुलसीपुरद्वारा सञ्चालित स्वास्थ्य परीक्षण कार्यक्रम अन्तर्गत विद्यालयका प्ले ग्रुपदेखि कक्षा ९ सम्मका विद्यार्थीको आँखा तथा दाँत र स्वास्थ्य परीक्षण गरिएको छ । विद्यालयका विद्यार्थीहरुको आँखाको परीक्षण, दाँतको परीक्षण र स्वास्थ्य परीक्षण भएको गुरुकुल एकेडेमी तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यक्रमको समन्वयमा राप्ति प्रादेशिक अस्पतालका जनरल फिजिसियन डाक्टर शुसान्त गौतम र स्टाफ नर्स सुस्मिता भुषालले विद्यार्थीको परीक्षण गर्नुभयको हो । यस्तै गुरुकुल एकेडेमी लमहिले पनि विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरेको छ । गर्मी बढ्दै जादा बिभिन्न स्वास्थ्य समस्या हुने कुरालाई बिद्यालयले मध्यनजर गर्दै विद्यार्थिहरुको स्वास्थ्य परीक्षण गरीएको विद्यालयका शैक्षिक निर्देशक निमानन्द गैरेले बताउनुभयो ।

गुरुकुल लमहीमा सरुमा अस्पतालमा कार्यरत जनरल फिजिसियन डाक्टर सत्य प्रसाद बैद्यले बिद्यार्थिहरुको स्वास्थ्य परीक्षण गर्नुभएको हो । यसै बिच दुबै बिद्यालयमा विद्यार्थीलाई हात धुने, पोषणयुक्त खाना खाने र सरसफाइ लगायतका बारेमा जानकारी दिँदै अभ्यास समेत गराइएको थियो । यो कार्यक्रममा विद्यालयका बालबालिकालाई उपचार गराउन विद्यालयको नियमित कार्यक्रम अन्तर्गत भएको हो ।

गुरुकुल एकेडेमीले प्रत्येक बर्ष बार्षिक ४ पटक सम्म विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गर्ने तालिका बनाएको छ । सोहि अनुसार पहिलो स्वास्थ्य परीक्षण आज गरीएको हो । यो कार्यक्रमले अभिभावक पनि निकै खुसि भएका छन । उनिहरुले साँचिकै गुरुकुल एकडेमी हाम्रा नानिबाबुको भविष्य प्रति निकै चिन्तित रहेको अनुभव समेत गरेका छन ।

गुरुकुल एकेडेमीका विद्यार्थीहरुको विशेष गरी उचाई , तौल , अक्सिजन लेभल , पल्स रेट , ब्लड प्रेसर , तापक्रम र वरल हाइजिन लगायत सम्पुर्ण कुराहरुको परीक्षण गरीएको हो । परीक्षण पश्चात बालबालिकाहरुको स्वास्थ्य अबस्था बारे अभिभावकलाई समेत जानकारी गराइएको थियो ।

Facebook Comments