• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङ देउखुरी होटल व्यवसायी समितिद्वारा तिनदिने तालिम समापन




घोराही । दाङ देउखुरी होटल व्यवसायी समितीले घोराही- १४ भित्रका आफ्ना व्यवसायीहरुलाई तिन दिने तालिम प्रदान गरेको छ । समितीको आयोजना तथा घोराही उपमहानगरपालिका वडा नंम्वर १४ को आर्थिक सहयोगमा तिन दिने तालिम समापन गरिएको हो ।

समितीका अध्यक्ष दिपेन्द्र पुनको अध्यक्षता तथा घोराही १४ का वडा अध्यक्ष भानसिं बुढाको प्रमुख आतिथ्य एवं वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक रामप्रसाद पाण्डेको विशिष्ठ आतिथ्यमा तालिमको समापन गरिएको थियो । समापन कार्यक्रम बोल्दै प्रमुख अतिथी बुढाले वडाभित्र सञ्चालनमा रहेका होटल व्यवसायीहरुले आफुलाई थप व्यवस्थित बनाउदै लैजान आवश्यक रहेको बताउनुभयो । उहाँले सरसफाई र खाद्य स्वच्छतामा विशेष ध्यान दिन व्यवसायीहरुलाई आग्रह गर्नुभयो । घोराही १४ का व्यवासायीहरुलाई व्यवसायिक क्षमता विकासका लागि सहयोग मिलोस भन्ने उद््देश्यले होटल व्यवसायी समितीसँग समन्वय गरेर तालिम सञ्चालन गरेको जानकारी दिनुभयो । यसका साथै विभिन्न समयमा दाङमा सञ्चालन हुने लोकसेवा, शिक्षक सेवा जस्ता परिक्षाहरु सञ्चालन हुदा बास बस्नका लागि बजारमा होटल नपाईने भएकाले यसको समाधानका लागि सोच्न आवश्यक रहेको बताउनुभयो ।

वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक पाण्डेले मानिसको दोस्रो घरका रुपमा चिनिने होटललाई सुरक्षित र व्यवस्थित बनाउदै सञ्चालन गर्ने कुरालाई व्यवसायीले प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

तालिमको प्रमुख प्रशिक्षकमा पर्यटन विकास केन्द्र दाङका उपाध्यक्ष डा. लोकराज पराजुली, घोराही उपमहानगरपालिका अन्तरगत रहेको उपभोक्ता हित संरक्षण शाखा प्रमुख मोहनसिंह सुनार, सरसफाई शाखा प्रमुख लक्षमण अधिकारी, आन्तरिक राजस्व विभागका कर अधिकृत हिरानन्द देवकोटाले विभिन्न विषयमा प्रशिक्षण दिनुभएको थियो । घोराही १४ को ८० हजार आर्थिक सहयोगमा तिन दिन सम्म चलेको तालिममा वडा भित्रका ६० जना व्यवसायीहरुको सहभागिता रहेको थियो ।

तालिमका प्रशिक्षार्थि राप्ति प्लाजाका सञ्चालक कृष्णबहादुर विश्वकर्माले तालिममा सहभागि भएर विभिन्न कुराहरुको बारेमा ज्ञान लिन पाउदा खुशी लागेको भन्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण समितीका वरिष्ठ उपाध्यक्ष ईश्वरकुमार बुढा मगरले गर्नुभएको थियो ।

Facebook Comments