• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भिक्टोरिया इन्टरनेशलन कलेजको स्पोर्टस् सप्ताह सुरु




घोराही । दाङको घोराहीबाट सञ्चालनमा रहेको भिक्टोरिया इन्टरनेशलन कलेजको स्पोर्टस् सप्ताह २०२४ सुरु आईतबारदेखि सुरु भएको छ । कलेजले प्रत्येक वर्ष गर्दै आईरहेको अतिरिक्त क्रियाकलाप अन्तरगत यसवर्ष पनि आइतबारदेखी शुक्रबारसम्म चल्ने गरेर खेलकुद सप्ताहको सुरुवात गरिएको हो ।

एक हप्तासम्म सञ्चालन हुने विभिन्न खेलकुदका गतिविधिको व्यवस्थापन तथा सञ्चालन विद्यार्थिहरुले नै गर्ने कलेजले जनाएको छ । स्पोर्टस् सप्ताह आयोजक समुह स्क्वाड्रन समुहका संयोजक श्वेता बुढाथोकीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीको प्रमुख आतिथ्यमा एक औपचारिक कार्यक्रम गरेर एक हप्ता सम्म चल्ने खेल सप्ताहको उद्घाटन गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी दुर्गालाल केसीले खेलले स्वस्थ र फुर्तिलो बनाउनुका साथै विद्यार्थिहरुको चौतर्फी विकासका लागि पनि फाईदा पुराउने बताउनुभयो । खेलमा प्रतिस्पर्धा गरेपछि हारजित निश्चित हुने भएकाले जितका लागि गर्नुपर्ने संघर्ष बुझाउनुका साथै हारलाई कसरी स्वीकार्ने भन्ने क्षमताको पनि विकास गर्न खेलकुद सप्ताहले सहयोग गर्ने बताउनुभयो ।

क्याम्पस संयोजक केवी चौधरी, शिक्षक कुमारराज श्रेष्ठ र प्रेस चौतारी नेपालका सहसचिव पत्रकार चन्द्रप्रकाश नेपालीले कार्यक्रममा बोल्दै खेलले विद्यार्थिको स्वभावलाई अनुशासित बनाउनुका साथै शरिरलाई क्रियाशिल बनाउन भुमिका खेल्ने बताउनु भएको थियो । समुहमा मिलेर खेल खेल्दा टिम वर्कको भावना विकास हुनुका साथै विद्यार्थि आफै जिम्मेवार भएर खेलकुदक गतिविधि सञ्चालन गर्दा व्यवहारिक रुपमा व्यवस्थापन गर्ने जिम्मेवारी बोध हुने कुरामा जोड दिनु भएको थियो ।

आईतबार पहिलो दिन टेवुल टेनिस, व्यडमिन्टन र चेस खेल सम्पन्न गरिएको थियो भने शुक्रबार सम्मै विभिन्न खेलकुदका गतिविधि सञ्चालन हुने आयोजनकले जनाएको छ । कार्यक्रमको संयोजक अजय गुप्ताले गर्नुभएको थियो ।।

Facebook Comments