• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
तुलसीपुरको विकासका लागि मुख्यमन्त्रीको ध्यानाकर्षण




गणेश आचार्य
दाङ । तुलसीपुरका मेयर टिकाराम खड्काले तुलसीपुरको विकासका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनु भएको छ ।

मुख्यमन्त्री जोखबहादुर महरालाई शनिबार  भेटेर मेयर खड्काले सडक पूर्वाधार,सिचाई,पर्यटन,खेलकुद र जलाशय निर्माणमा बजेट विनियोजन गरिदिन आग्रह गर्नुभएको हो । उहाँले उपमहानगरका १० वटा जलाशय निर्माण,१९ वटा सिचाई आयोजना,६ वटा सडक कालोपत्रे गर्ने बजेट विनियोजन गर्न आग्रह गर्नुभयो ।

त्यसैगरी एउटा क्रिकेट मैदान औद्योगिक ग्राममा अत्याधुनिक बधशाला निर्माणमा आवश्यक बजेट छुट्याउन माग गर्नुभयो

मुख्यमन्त्री महराले तुलसीपुरले माग गरेका ठाउँमा बजेट विनियोजन गर्ने प्रतिवद्वता जनाउनुभयो । ‘म तुलसीपुरको विकासका लागि प्रतिवद्व छु ।’ मुख्यमन्त्री महराले भन्नुभयो,‘तुलसीपुरले पेश गरेका सबै योजनामा बजेट विनियोजन हुनेछ ।’

Facebook Comments