• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती नदीमा डुबेर एक महिलाको मृत्यु




देउखुरी । देउखुरीमा राप्ती नदीमा डुबेर एकजनाको मृत्यु भएको छ ।

लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री स्थित राप्ती नदीमा नुहाउन गएकी राजपुर गाउँपालिका वडा नम्बर २ मटेरिया निवासी वर्ष २० कि सरिता चौधरीको मृत्यु भएको प्रहरीले बताएको छ ।

सरिता केहीदिन अघि बनघुस्री स्थित माईतीघर आएकी थिईन । शनिबार गाउँका धेरैजना नुहाउन राप्ती नदी गएका थिए । अर्कि नाबालिकालाई बचाउन खोज्दा सरिता पानीमा डुबेको प्रत्यक्षदर्शीले बताएका छन् ।

राप्तीमै नुहाउँदै गरेका स्थानीय सन्तोष घर्ती मगरले अर्का बच्चा डुब्न थालेपछि बचाउन खोज्दा सरिता आफै डुबेको बताए । उनका अनुसार १२ वर्षिय कोपिला चौधरी पानीमा डुब्नखोज्दा सरिता बचाउन भनी गएकि थिईन । कोपिलालाई छेउँतर्फ धकेली सरिता पानीमा डुबेको प्रत्यक्ष्यदर्शि घर्तीले बताए । कोपिला भने सकुशल रहेको प्रहरीको भनाई छ । शबलाई अहिले पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

Facebook Comments